टियुको उपकुलपतिमा ३ जनाको नाम सिफारिस, कसको सम्भावना उच्च ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 08:05:41 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस भएको छ। शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको संयोजकत्वमा गठीत ३ सदस्यीय सिफारीस कमिटिले प्रधानमन्त्री तथा मन्त्रीपरिषको कार्यलय समक्ष ३ जनाको नाम सिफरिस गरेको हो ।

कमिटिले डा. भगवान कोइराला, डा . धर्मकान्त बाँस्कोटा र चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हो । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा रहेको छैन ।

यसअघि डा. भगवान कोइरालालाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति बन्न प्रस्ताव गरेपनि उनले अस्वीकार गरेको समाचार बाहिर आएको थियो । तर अहिले सिफारिस समितिले नाम सिफरिस गर्दा पहीलो नम्बरमा नै उनको नाम रहेकोले डा. कोइरालाको सम्भावना बलियो रहेको बताइन्छ ।

यता धर्मकान्त बाँस्कोटा पनि प्रवल दावेदार रहेको स्रोतको दाबी छ । बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारी निकटको रहेकोले उनको दाबी पनि बलियो रहेको बताइन्छ ।

तत्कालीन उपकुलपति प्रा.डा. तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन भएको थियो । तर समितिले नाम सिफारिस गर्न नसक्दा रेक्टर सुधा त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी पाएकी थिइन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved