त्रिविले ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने

रासस

रासस

Mar 11, 2020 | 06:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट त्रिविले उपलब्ध गराउने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिवि प्राज्ञिक परिषदबाट निर्णय गरी सो सम्बन्धी प्रक्रिया शुरु गरिएको जानकारी दिए । 

उनका अनुसार उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । त्यसको  बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई  ‘गुलुची’ भनिन्छ । त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाइन्छ । ‘‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ’’, परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, ‘‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो ।’’ त्यो पानीमा नभिज्ने र नच्यातिने हुनेछ । 

सबैलाई एउटै किसिमको दिइने ति ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन् । अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन् । अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनीयरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन् । सबैलाई समान खालको दिन सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो ।  

परीक्षा नियन्त्रक जोशीले विसं २०७७ बाट परीक्षा दिने विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिए। नयाँ ट्रान्सक्रिप्टलाई हालको भन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ । वाक्लो गाता (फोल्डर) मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने उक्त ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने जोशीले बताए ।

पनिकाले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट राखेर दिनेछ । उनका अनुसार प्रविणता प्रमाणपत्र तहको लागि दुई हजार रुपैयाँ, स्नातकको दुई हजार दुईसय रुपैयाँ, स्नातकोत्तर तह र एमफिललाई दुई हजार पाँच सय रुपैयाँ र विद्यावारिधीका लागि तीन हजार रुपैयाँ तोकिएको छ । 

यसैगरी त्रिविले चैत १५ गतेदेखि अब सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टाभित्र उपलब्ध गराउने जोशीले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved