एसईई र कक्षा १२ को परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 30, 2020 | 07:31:52 PM मा प्रकाशित

sarbottam cement

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउँदै एसईई जेठ अन्तिम साता गर्न सिफारिस गरेको हो । 

बोर्डले असार १५ सम्म परीक्षा सक्ने र परीक्षा सकिएको ६९ दिन भित्र नतिजा प्रकाशित गर्नुको सट्टा ४५ दिनभित्र प्रकाशित गर्न सकिने जनाएको छ । 

बोर्डले एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न सिफारिस गरेको छ । एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् । परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्र पुग्न सक्ने गरी उपकेन्द्र थप गर्न पनि कार्यदलले सिफारिस गरेको छ । 

कार्यदलले कक्षा ११ को परीक्षा भने केही समयपछि मात्र सञ्चालन गर्दा हुने बताएको छ । कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने बैशाख २५ गतेभित्र प्रकाशित हुने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved