नयाँ शैक्षिक सत्रमा २०७६ कै पाठ्यपुस्तकलाई निरन्तरता दिन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2020 | 02:06:15 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शैक्षिक सत्र २०७६ का पाठ्यपुस्तकलाई नैं नयाँ शैक्षिक सत्रमा लागू गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । नगर शिक्षा समितिको बैठकले हरेक वर्ष पाठ्यपुस्तक फेर्दा अभिभावकलाई आर्थिक व्ययभार बढ्ने भन्दै शैक्षिक सत्र २०७६ मा लागू गरिएका पाठ्यपुस्तकलाई नै शैक्षिक सत्र २०७७ मा निरन्तरता दिने निर्णय गरेको हो । 

कोरोना संक्रमणको कारण उत्पन्न आर्थिक संकट समेतलाई मध्यनजर राखी विद्यालय पाठ्यपुस्तकको सन्दर्भमा यस्तो निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए । विद्यालयहरुले नतिजा प्रकाशनसँगै नयाँ शैक्षिक सत्रमा लागू हुने पाठ्यपुस्तकको सूची विद्यार्थी, अभिभावक तथा पुस्तक बिक्रेतालाई दिने गर्दछन् ।  

शिक्षा समितिको बैठकले २०७६ सालको कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा जेठ २ गते डिजिटल प्रविधि अथवा टेलिफोनको माध्यमबाट विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराउने निर्णय पनि गरेको छ । तर विद्यार्थी भर्ना तथा पठनपाठन सम्बन्धी कार्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनाअनुसार अर्को निर्णय नहुँदासम्म नहुने नगरपालिकाले स्पष्ट पारेको छ । 

यस्तै नगरपालिकाले विद्यार्थी भर्ना तथा अनलाईन पठनपाठनको नाममा कुनै पनि प्रकारको शुल्क नलिन विद्यालयहरुलाई सचेत गराएको छ । लकडाउन लम्बिरहँदा कतिपय विद्यालयहरुले अनलाइन कक्षाहरु सञ्चालन गरेका छन् । नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा अर्थात् कक्षा ८ को वार्षिक परीक्षाको नतिजा नगरपालिकाको वेवसाइडमा जेठ १ गते प्रकाशित गरिने र विद्यार्थीकोे सिम्बोल नम्बर तथा जन्म मिति टाईप गरी हेर्न सकिने शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved