असार १ गतेदेखि विद्यालयहरुको पठनपाठन सुरु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 07:20:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी असार १ गतेदेखि विद्यालयहरुको पठनपाठन सुरु हुने भएको छ  ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको हो । 

मन्त्रालयले  "वैैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७' पारित गरेको जनाउदै सोहि निर्देशिका अनुसार पठनपाठन सुचारु गर्न आग्रह गरेको हो ।  मन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गरिएको बताएका हुन् 

मन्त्री पोखरेलले जारि गरिएको विज्ञप्तिमा भनिएको छ 'सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु’ 

साथै मन्त्रालयले हाल स्थगित परीक्षा पुन: संचालन गर्ने र शैक्षिक संस्था खोल्ने विषयमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको नेतृत्वको कार्यादलले कार्य गरिरहेको जनाएको छ । उक्त कार्यदलको प्रतिवेदन, सरकारले गठन गरेको उच्चस्तरीय समितिको सिफारिस तथा नेपाल सरकारको निर्णय अनुसार परीक्षा संचालन गर्ने र  शैक्षिक संस्था खोल्ने विषयमा उपयुक्त समयमा निर्णय हुने मन्त्रालयले प्रष्ट पारेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved