यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 12:20:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय गरेको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले  कक्षा ११ को बोर्ड परीक्षा नलिने र आन्तरिक मूल्यांकनबाटै सर्टिफिकेट दिने निर्णय गरेको हो  । 

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीले परीक्षा सम्भव नभएकोले आन्तरिक मूल्यांकन प्रणाली अपनाउने निर्णय गरेको हो । एसईईकै जस्तो गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय बैठकले गरेको हो ।

कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने तय भए पनि कोरोना महामारीले स्थगित गरिएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved