बतास अर्गनाइजेशनका कर्मचारीलाई क्वेस्ट कलेजमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 03:49:23 PM मा प्रकाशित

laxmi  sunrise bank

क्वेस्ट इन्टरनेसनल कलेज  र  बतास अर्गनाइजेशनबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ  । दुई संस्थाबीच उद्योग तथा व्यवसायलाई चाहिने मानब स्रोत निर्माण गर्ने उदेश्यलाई टेवा पुर्याउन सम्झौता भएको हो ।  

 समझदारी मार्फत, बतास अर्गनाइजेशनका कर्मचारीले  क्वेस्टको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा बिशेष सुबिधा तथा अध्ययन शुल्कमा भारी छुट पाउने कम्पनीले जनाएको छ ।  

सम्झौतामा क्वेस्टका तर्फ बाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठ र बतासको तर्फबाट अर्गनाइजेशनका प्रमुख कार्यकारी अधिकृत तथा संथापक शान्त राज बतासले हस्ताक्षर गरेका छन् । 

क्वेस्ट इन्टरनेसनल कलेजले पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका कक्षा संचालन गरेको छ  । हाल सात सय बिद्यार्थी अध्यनरत रहेको कलेजले जनाएको छ ।

बतास अर्गनाइजेशनले विविध ब्यापार व्यवसाय, विप्रेषण, लगानी तथा बित्तिय सेवा तथा हाइड्रोपावर आयोजना प्रबर्धन गरी रहेको छ। बतास अर्गनाइजेशनले क्वेस्टका बिद्यार्थीलाई इन्टरनशिपको मौका पनि दिदै आएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved