
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा स्थगित भएको छ। सीटीईभीटीले भदौ दोस्रो साता लिने तयारी गरेको परीक्षा स्थगित भएको हो ।
मन्त्रिपरिषद्को बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्ने निर्णय गरेपछि सीटीईभीटीको पुर्व निर्धारित परीक्षा स्थगित भएको हो । सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले परीक्षाको अर्को तालिका कोभिड–१९ को संक्रमण कम भएपछि तीन हप्ताको समयावधि राखेर प्रकाशन गरिने बताएका छन्।