एक्यान र कामना सेवाबीच सम्झौता, चार्टड एकाउन्टेन्टलाई बीना धितो १५ लाख ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 09:16:35 PM मा प्रकाशित

नेपाल चार्टड एकाउन्टेन्ट संघ. (एक्यान) र कामना सेवा विकास बैंक लि बीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

यस समझदारी पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले हस्ताक्षर गरे। 

द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख सम्मको प्रोफेश्नल कर्जा प्रदान गरिने बैंकले जनाएको छ। 

यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी दिए।

एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले जानकारी  दिए। आगामी दिन यसका साथै अन्य बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको धितालले बताए। 

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखाब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो । यो संघ चार्टड एकाउटेण्टहरुको छाता संगठन भएकोले लेखापरीक्षण, लेखा तथा लेखामान, करपरीक्षण, कर परामर्श, कानुनी परामर्श आदि विषयमा विज्ञहरुको जम्मा हुने थलो हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved