‘सरकारले ९० लाख विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दैछ’ पूर्व राज्यमन्त्री पाठकको अन्तरवार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 08, 2020 | 07:32:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण गत चैत्रदेखि मूलुक लकडाउनमा छ । विभिन्न तहका परीक्षाहरु रद्द भएका छन् । परीक्षा रद्द हुँदै र पुनः अर्को मिति तोकिँदै गर्दा विद्यार्थीमा मनोवैज्ञानिक समस्या सिर्जना हुनेतर्फ बहस र छलफल केन्द्रित नहुँदा भोलिी ९० लाख विद्यार्थीको भविष्य के हुने भन्ने अन्यौलता कायम छ । 

राप्रपाका प्रवक्ता एवम् पूर्व शिक्षा राज्यमन्त्री भुवन पाठक शिक्षाको वैकल्पिक माध्यम सुरु गर्न ढिलाई भएको बताउँछन् । कोरोना लामो समय जारी रहन्छ भन्ने जान्दा जान्दै सरकारले ६ महिना खेर फालेका कारण शैक्षिक सत्र नै प्रभावित बन्ने अवस्था आएको उनको भनाई छ । भोलिको मूलुक निर्माताको भविष्य नै अन्धकार हुने गरी राज्य अनुदार बन्नु दुःखद भएको पाठकले बताए ।

‘अबको शिक्षा राणनीति कस्तो हुनुपर्छ भनेर बहस छलफल भएको देखिँदैन’ पाठकले भने, ‘यस विषयमा सरकारले बाहिरबाट आएका सुझाव ग्रहण गरेको पनि छैन, यसले लाखौ विद्यार्थीको भविष्य अन्यौलतातर्फ जाँदैछ, बेलैमा सोच विचार नपुर्याए ९० लाख विद्यार्थीको भविष्य अन्धकार हुने म देख्छु ।’ 

उनले एसईईको नतिजा हेर्दा विद्यालयले अस्वभाविक नम्बर दिएर बदमासी गरेको पनि बताए । यसको सजाय विद्यालयहरुले पाउँनै पर्ने बताए ।

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved