त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको रोकिएका परीक्षाहरु मङ्सिर तेस्रो सातापछि संचालन हुने भएको छ । सेमेस्टर प्रणाली अन्तर्गतको स्थगित भएका स्नातक र स्नातकोतरको परीक्षा मङ्सिर तेस्रो सातापछि संचालन हुने भएको हो ।
सरकारले परीक्षा संचालन गर्न अनुमति दिएपछि र विश्वविद्यालयले परीक्षाको मिति तोक्ने अधिकार समबन्धित डिन कार्यालयलाई नै दिएपछि कार्यालयले परीक्षाको सूचना जारि गरेको हो।
परीक्षाको मिति र तालिका वेबसाइट मार्फत पछि सार्वजनिक हुने कार्यालयले जनाएको छ ।