कोरोनाका कारण स्थगित परीक्षा मंसिर २८ देखि सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 02:00:28 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालय कोरोना भाइरसका कारण रोकिएका परीक्षाको तालिका सार्वजनिक गरेको छ । त्रिविले २८ मंसिरदेखि विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो । चौथो वर्षको फर्म छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर ८ मंसिरभित्र फर्म भरिसक्नु पर्ने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

त्रिविले १४ पुसमा सबै परीक्षा सकिने गरी तालिका सार्वजनिक गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved