कक्षा १२ को परीक्षा शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 09:58:32 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित रहेको कक्षा १२ को परीक्षा आज मंगलबारबाट शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु भएको हो । 

परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएको जनाइएको छ। देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । 

विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने जनाइएको छ । 

कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ । परीक्षा मंसिर १६ मा सकिनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved