डा. अधिकारीद्वारा लिखित, ‘मार्क्सवाद र साहित्येतिहास दर्शन’ बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 05:13:54 PM मा प्रकाशित

laxmi  sunrise bank

साहित्यकार डा. बालाकृष्ण अधिकारीद्वारा लिखित ‘मार्क्सवाद र साहित्येतिहास दर्शन’ पुस्तक बजारमा आएको छ । नेपाली साहित्यमा मार्क्सवादको प्रयोगलाई उतारिएको पुस्तकमा नेपाली ज्ञान संकथनको विमर्श गरिएको छ । 

पुस्तकको पहिलो परिच्छेदमा इतिहासको अवधारणा, इतिहास र साहित्य र इतिहासबीचको सम्बन्ध, साहित्य इतिहासको अर्थ, परिभाषा र साहित्य इतिहासको स्वरूप प्रस्तुत गरिएको छ । दोस्रो परिच्छेदमा साहित्य इतिहासका मार्क्सवादी आयामहरूमा अधिरचनाका रूपमा साहित्य इतिहास, साहित्य इतिहासमा परम्परा र नवीनताका बिचको द्वन्द्व, अतीत र वर्तमानको सम्बन्ध तथा अन्तर्वस्तु र रूपको सम्बन्धका बारेमा विमर्श गरिएको छ ।

पुस्तकको तेस्रो परिच्छेदमा साहित्य इतिहासको अन्तर्वस्तु निर्माणका घटनावृत्त, विचारधारा र भावधारा, कालविभाजन, जीवनी, कार्यकारण सम्बन्ध, प्रकल्पना, इतिहासचेतना र मूल्यनिर्णय गरी आठ ओटा तत्वको मार्क्सवादी कोणबाट व्याख्या–विश्लेषण गरिएको लेखक डा. अधिकारीले जानकारी दिए । चौथो परिच्छेदमा साहित्य इतिहासमा रूपयोजनाको महत्व स्थापित गर्दै योजना, विधि र प्रस्तुतीकरणका बारेमा सैद्धान्तिक विमर्श गरिएको छ । पाँचौँ परिच्छेदमा साहित्य इतिहास अध्ययन–विश्लेषणको पद्धतिका बारेमा चर्चा गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved