१२ को परीक्षा दिएका विद्यार्थीलाई कुलमान र मनोज ज्ञावालीले अनुभव सुनाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 06:14:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा १२ को परिक्षा दिएका विद्यार्थीलाई लक्षित गरी फागुन १० गते सभागृहमा करियर फेस्टको आयोजना हुने भएको छ । करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रित गर्दै करियर फेस्टको आयोजना गर्ने भएको हो । 

कार्यक्रममा बाह्र कक्षापछि के पढ्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श दिइने कार्यक्रमका एक्जुकेटिभ डाइरेक्टर विशाल केसीले जानकारी दिए । कार्यक्रममा बीस भन्दा बढी कलेजहरुको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ। 

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, विद्युत प्राधिकरणका निवर्तमान एमडी कुलमान घिसिङ, बैंकर मनोज ज्ञावाली लगायतले विद्यार्थीसँग आफ्ना अनुभव साटासाट गर्नेछन् । कार्यक्रममा कमेडियन एवम् मोटिभेसनल स्पिकर सन्दिप क्षेत्री, गायक अल्मोडा राना उप्रेति र कृसल कडेल लगायतको प्रस्तुति पनि रहने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved