शिक्षा क्षेत्रमा छिर्यो चौधरी र खेतान समूह, १ अर्बमा किने ललितपूरको एआईटीएम कलेज

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2021 | 10:55:41 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको खुमलटारस्थित एशियन इन्स्टिच्यूट टेक्नोलोजी अफ म्यानेजमेन्ट (एआईटीएम) कलेज नेपालका प्रतिष्ठित व्यापारिक घरानाले किनेका छन् । व्यवसायी उमेश श्रेष्ठसहितको स्वामित्वमा रहेको एआईटीएम कलेज चौधरी ग्रुप, खेतान ग्रुप र शिवशक्ति ग्रुपले मिलेर किनेका हुन् । 

उक्त कलेजको सबै स्वामित्व बसन्त चौधरी (बिएलसी  ग्रुप), राजेन्द्र खेतान (खेतान ग्रुप) र राजेश अग्रवाल (शिवशक्ति ग्रुप)ले १ अर्ब १० करोड रुपैयाँमा खरिद गरेका हुन् । १६ रोपनी क्षेत्रफलमा १ लाख ५० हजार स्क्वायर फिटमा बनेको ७ तले भवनमा कलेज सञ्चालन हुँदै आएको छ । सुरुमा नै कलेज खोल्नका लागि उभ्याईएको यो भवनमा ह्वाइट हाउस कलेज पनि बस्यो । 

सन् २०१२ मा उमेश श्रेष्ठ सहितको समूहले स्वामित्व किनेर एआईटीएम कलेज चलायो । तर यो समूहले पनि कलेज चलाउन नसकेपछि चौधरी, खेतान र शिव शक्ति ग्रुपले स्वामित्व किनेका हुन् । बसन्त चौतारी हाल बिएलसी ग्रुपका अध्यक्ष छन् । बिएलसी ग्रुप विनोद चौधरीको हजुरबुबाको नाममा स्थापना भएको हो  । अन्य क्षेत्रमा व्यवसायिक सफलता हात पारेका चौधरी र खेतान समूहले पहिलो पटक शिक्षा क्षेत्रमा पनि लगानी गरेका हुन् । 

हस्पिटालिटीको नम्बर वान कलेज बनाउने दाबी

एआईटीएम कलेजमा दुई सिफ्टमा गरी ५ हजार बढी विद्यार्थीलाई पढाउन सकिने क्षमता रहेको दाबी गरिँदै आईएको छ । ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्टको पढाईमा यो कलेज पहिल्यैदेखि अब्बल मानिन्छ । तर, बीच बीचमा लगानीकर्ता परिवर्तन भईरहेका कारण उत्कृष्ट घोषित हुनबाट भने बञ्चित हुँदै आएको छ ।

नयाँ समूहले लगानी गरेपछि यो कलेजलाई उनीहरुले ब्याचलर र मास्टर्सका लागि मुलुककै सर्वोत्कृष्ट कलेज बनाउने दाबी गरेका छन् । दक्षिण एशियाली मूलुकबाट समेत विद्यार्थी ल्याएर पढाउने हाल भित्रिएका लगानीकर्ताको लक्ष्य छ । विदेशी विद्यार्थीलाई लक्षित गरी भवनको केही भागमा अपार्टमेन्टसहित होटल चलाउने उनीहरुको तयारी छ ।

हाल प्लस टु, ब्याचलर र मास्टर्सको पढाई हुँदै आएको यो कलेजमा बीबीए, एमबीए, बीआईटी र ब्याचलर इन शिभिल इञ्जिनियरिङको कोर्स पनि चाँडै सुरु गरिने बताईएको छ ।

३ वर्ष यताकै ठूलो कारोबार

चौधरी, खेतान र शिवशक्ति समूह मिलेर एउटै सम्पत्ति ठूलो रकम खर्चेर किनेपछि यो कारोबार ३ वर्ष यताकै ठूलो कारोबार मध्येको एउटामा गणना भएको छ । यसअघि एनसेलकी नेपाली साझेदार भावनासिंह श्रेष्ठले बागबजारको श्रेष्ठ टेलरिङ भएको ६ रोपनी जग्गा र भवन एक अर्ब २० करोड रुपैयाँमा किनेकी थिइन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved