वायु प्रदुषण प्रभाव: सम्पूर्ण शिक्षण संस्था यो साताभर बन्द गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2021 | 02:46:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले यो साताभर देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन अर्थात चैत्र २० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । 

मन्त्रालयमा आज बसेको मन्त्रीस्तरीय आकष्मिक बैठकले वायुमण्डलमा देखिएको मौसमी प्रतिकूलता (वायु प्रदुषण) बालबालिकाहरुको लागि हानिकारक रहेकोले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो 

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याललगायतको सहभागिता थियो ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले वायु प्रदूषणबाट बालबालिकालाई बचाउन सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको जानकारी दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved