सम्पूर्ण शिक्षण संस्था बन्द हुने भएपछि पूर्व निर्धारित परीक्षा संचालन हुन्छ कि हुदैन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2021 | 04:14:09 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले यो साताभर देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपनि पुर्व निर्धारित परीक्षा भने यथावत रहने भएको छ  शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले  देशभरका शिक्षणसंस्था चारदिन अर्थात चैत्र २० गतेसम्म बन्द गर्ने निर्णय गरे पनि परीक्षा पूर्ववत अवस्थामा नै संचालन हुने भएको हो । 

मन्त्रालयका अनुसार विश्वविद्यालय तथा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले स्वास्थ्य सजगता अपनाउदै परीक्षाका कार्यक्रम संचालन गर सक्ने छन्  

मन्त्रालयमा आज बसेको मन्त्रीस्तरीय आकष्मिक बैठकले वायुमण्डलमा देखिएको मौसमी प्रतिकूलता (वायु प्रदुषण) बालबालिकाहरुको लागि हानिकारक रहेकोले ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याललगायतको सहभागिता थियो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved