सुदूरपश्चिमाञ्चल विश्वविद्यालका परीक्षा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 08:49:31 PM मा प्रकाशित

laxmi bank

बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आज सूचना जारी गर्दै स्नातक तह दोस्रो, छैटौँ सेमेस्टरका परीक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

कोरोना भाइरसबाट विद्यार्थीहरु सङ्क्रमित भई अस्पताल भर्ना भएको भन्ने बुझिएकाले सञ्चालनमा रहेका कृषि विज्ञान तर्फका परीक्षाहरु र वैशाख १६ गतेदेखि सञ्चालन गर्ने गरी समय सारिणी प्रकाशित गरिएका परीक्षाहरु स्थगित गरिएको विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दवल्लभ पन्तले बताए ।

शनिबार विद्यार्थीले परीक्षा स्थगनको माग गर्दै विश्वविद्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved