
स्कोलर्स स्पेसले अनलाइन मार्फत २० भन्दा बढी सिपमुलक कोर्षहरु निशुल्क ल्याएको छ । कोभिडका कारण लकडाउनसँगै शैक्षिक क्षेत्रभित्र प्रभावित विद्यार्थीहरुलाई नवीन पक्षहरु चिनाउदै डिजिटल विश्वमा व्यवसायिक करियर बनाउन चाहानेहरुलाई अग्रसर गराउने विश्वास सहित स्कलर्स स्पेसले सिपमुलक कोर्षहरु निशुल्क ल्याएको हो ।
प्रतिष्पर्धात्मक दुनियामा आफ्नो योग्यता बनाउन चाहिने ग्राफीक्स, डिजाइन, अफीस प्रोडक्टीभिटी, गुगल प्रोडक्टीभिटी, भिडियो इडिट, भिडियो ग्राफी, म्यूजीक विधामा २० वटा भन्दाबढी सिपमुलक कोर्षहरु राखिएका छन् ।
स्कलर्स स्पेसमा कोर्ष कसरी लिने ?
स्कलर्स स्पेसमा कोर्ष लिनका लागि पहिले scholarsspace.com मा जानुपर्ने छ ।
तपाई पहिलो पटक चलाउदै हुनुहुन्छ भने एकाउन्ट बनाउन पर्ने हुन्छ त्यसको लागि साईन अप गर्नुहोस्, र अर्को चोटि जादा लग ईन गर्नु पर्ने हुन्छ, फेसबुक जस्तै
त्यसपछि भित्र छिरिसके पछि कोर्से सर्च बक्स बाट पनि पाउन सक्नु हुन्छ अथवा दायातिर वर्कस्पेस देख्न सकिन्छ । त्यहाँ देखिने लर्नस्पेसभित्र विभिन्न कोर्षहरु दिईएको हुन्छ ।
त्यो कोर्समा गईसके पछि ईनरोल नाओ मा क्लिक गरेर कोर्से लिन सक्नु हुनेछ ।
हाल लकडाउनमा विभिन्न सिकाइ पद्धती चाहाने व्यक्तिहरुलाई केन्द्रित गरि स्कोलर्स स्पेसले सम्पूर्ण कोर्षहरु आफ्नो प्लाटफर्ममा उपलब्ध गराएको छ भने ष्खिभ ट्रेनिंग नै चाहिने व्यक्तिहरुका लागि लाइभ सेसन समेत गराउने योजनामा स्कर्लर स्पेस रहेको छ ।