यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2021 | 10:35:15 AM मा प्रकाशित

nepal oil ltd

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई र  कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो 

बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। देशमा कोरोनाको दोस्रो लहर फैलिएको र विभिन्न देशमा जारी निषेधाज्ञाको कारण परीक्षा स्थगित गरीएको हो 

एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved