
सरकारले यस वर्षको शैक्षिक सत्र आगामी असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्रकाे कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
शैक्षिक सत्र सञ्चालन र ब्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार दिएकाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । यस्तै विद्यार्थीको सिकाइलाई नरोकी बैकल्पिक माध्यमबाट सिकाईलाई निरन्तरता दिने गरी शैक्षिक सत्र शुरु गर्न लागेको मन्त्रालयले जनाएको छ ।
पाठ्यपुस्तक भने अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरी व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ ।