
नेपाल खुला विश्वविद्यालयका प्राध्यापक
तथा कर्मचारी आन्दोलित भएका छन् । विद्यालयका पदाधिकारीहरुले आफ्ना माग पुरा
नगरेको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
२
बुँदे माग राख्दै आन्दोलन सुरु गरेका प्राध्यापक र कर्मचारीहरुले बिहिबार देखि
विश्वविद्यालयको पठनपाठन ठप्प पारेका छन् । विश्वविद्यालयले भर्चुअल माध्यमको
प्रयोग गरि वैकल्पिक विधिबाट अनलाइन मार्फत अध्यापन गराउदै आएको थियो ।
प्राध्यापकहरुको आन्दोलनले अनलाइन कक्षा पनि प्रभावित भएको हो । माग पुरा नभएसम्म पठनपाठन नगराउने अडानमा उनीहरु छन् ।
प्राध्यापक
तथा कर्मचारी हित संरक्षण समिति गठन गरेर उनीहरु आन्दोलनमा उत्रेका हुन् । संघर्ष
समितिले 'विश्वविद्यालयको सेवा
आयोगबाट प्रकाशित प्राध्यापक तथा कर्मचारीको विज्ञापनको अवरुद्द प्रक्रिया तत्काल
सुचारु गर्नु पर्ने' माग
राखेको छ। उक्त विज्ञापन अनुसार आवेदन दिनको लागि २४ घण्टा भित्र विश्वविद्यालयको वेबसाइटमा अनलाइन राखिनु
पर्ने माग समितिले राखेको छ । त्यस्तै विश्वविद्यालयको वेबसाइटमा राखिने सुचना हरु
पूर्ववत रुपमा राख्नु पर्ने माग अगाडी सारेको छ । माग पुरा नभए आन्दोलनका थप कडा
कार्यक्रम संचालन गर्न बाध्य हुने चेतावनी समितिले दिएको छ ।
प्राध्यापक
तथा कर्मचारीहरुको योगदानलाई
बिर्सेर विश्वविद्यालयका पदाधिकारीले गलत नियत राखेर विभिन्न समयमा भएको सहमति
कार्यन्वयन नगरेको समितिको आरोप छ । विश्वविद्यालयले रिक्त जनशक्ति पदपूर्ति गर्न
गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरे पनि विश्वविद्यालयका कुलपति तथा शिक्षा
मन्त्रीले पदपूर्ति प्रक्रिया अवरुद्द हुने गरी पत्र पठाएको सुनिन आएको भन्दै
समितिले त्यस प्रति अशन्तुष्टी जनाएको छ । यसले गर्दा विश्वविद्यालयको समग्र
शैक्षिक तथा प्रशासनिक गतिविधिहरुमा असर गर्ने समितिले जनाएको छ ।
हाल
विश्व विद्यालय उपकुलपति बिहिन छ ।
प्रोफेसर डाक्टर लेखनाथ शर्माको कार्यालय सकिएपछि शिक्षा, स्वास्थ्य तथा प्रविधि संकायका डिन रहेका प्रोफेसर डाक्टर
इन्द्र बहादुर कार्कीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिईएको छ । स्रोतका
अनुसार उनै कार्कीले पदपूर्ति सम्बन्धि सूचना विश्वविद्यालयको वेबसाइटमा हाल्नलाई
रोकेपछि प्रक्रिया नै अवरुद्द भएकोले प्राध्यापक तथा कर्मचारीहरुले आन्दोलन थालेका
हुन् ।
विश्वविद्यालयमा वर्षेनी विद्याथीको
संख्या थपिरहेको तर सोहि अनुपातमा प्राध्यापक र कर्मचारी नथपेकोमा प्राध्यापक र
कर्मचारीहरु अशन्तुष्ट छन् ।