
ई–लर्निङ् प्लेटफर्म माई सेकेण्ड टिचरले ई–लर्निङ् भिडियोहरुमा अभिनय गराउने भएको छ । नेपालमै बनेर विश्वका विकसित २० मुलुकहरुका २ सयभन्दा बढी विद्यालयमा प्रयोग हुँदै आएको ई–लर्निङ् प्लेटफर्म माई सेकेण्ड टिचरले ई–लर्निङ् भिडियोहरुमा अभिनय गराउने भएको हो ।
नेपालमा हालसालै सार्वजनिक भएको यो प्लेटफर्म हाल २५ हजार बढी विद्यार्थीहरुले प्रयोग गर्दै आएका छन् । यिनै विश्वभरका विद्यार्थी तथा शिक्षकद्वारा प्रयोग गरिने माई सेकेण्ड टिचरको ई–लर्निङ् भिडियोहरुमा शिक्षक र विद्यार्थीको भूमिकामा अभिनयका लागि अडिशन खुलाईएको माई सेकेण्ड टिचरले जनाएको छ ।
अडिशनमार्फत् शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्न २० कलाकारहरु छनोट हुनेछन् । त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रम अनुरुप ई–लर्निङ् भिडियोहरुमा अभिनय गर्नेछन् भने बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रम अनुरुप इन्टरनेशनल ई–लर्निङ्ग भिडियोहरुमा अभिनय गर्नेछन् । जुन ५० भन्दा बढी देशहरुमा प्रयोग हुनेछ ।
हाल माई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत आईजीसीएसई तहका फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथ विषयका भिडियो रहेका छन् भने, नेपाली पाठ्यक्रम अन्तर्गत कक्षा १० को अंग्रेजी, विज्ञान, अनिवार्य गणित र अर्थशास्त्रका ई–लर्निङ् भिडियोहरु छन् ।
शिक्षकको भूमीका देखिने पुरुष र महिला कलाकारहरुको उमेर अनिवार्य रुपमा २५ देखि ४५ वर्षको बीचमा हुनुपर्नेछ । विद्यार्थीको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको पनि उमेर अनिवार्य रुपमा १८ देखि २५ वर्षको बीचमा हुनुपर्ने छ ।
इच्छुक कलाकारहरुले श्रावण १ गते (१६ जुलाई) सम्म आवेदन दिन सक्ने छन् ।