कक्षा १२ सहित निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको सिफारीस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 06:48:16 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी दिएका हुन्।

कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति अत्यन्त संवेदनशील रहेकोले सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको राज्यमन्त्री श्रेष्ठले बताएका हुन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पनि आन्तरिक समन्वयको प्रक्रिया टुंगोमा पुग्दै रहेकोले कक्षा १२ को परीक्षा स्थगनको निर्णय छिट्टै आउने बताएका छन् l सरकारका लागि विद्यार्थी जीवनको रक्षा भन्दा ठुलो तिनको परीक्षा अहिले किमार्थ हुन सक्दैन भन्दै उनले परीक्षा स्थगनको निर्णय छिट्टै औअने बताएका हुन् l

यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved