एसईई परीक्षाको नतिजा प्रकाशित, यी १२ तरिकाबाट हेर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2021 | 03:08:26 PM मा प्रकाशित

laxmi  sunrise bank

एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । २०७७ सालको  एसईई परीक्षाको नतिजा आज शनिवार प्रकाशित भएको हो  । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षाफ़ल प्रकाशन गर्ने निर्णय गरेको हो  । 

विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक भएको हो । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ  । 

 १२ तरिकाबाट परीक्षाफल हेर्न सकिने छ । बोर्डका अनुसार www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, र www.ekantipur.com,  www.ricell.axiata.com को वेबसाइटबाट नतिजा हेर्न सकिने छ । 

त्यस्तै इजी सर्भिस प्रालि, आकाश टेक प्रालि, जानकी टेक्नोलोजी, नेपाल टेलिकम र एनसेलले एसएमएस सेवा प्रयोग गरेर पनि नतिजा हेर्न सकिने छ । 



 कक्षा १२ को परिक्षा स्थगित 

 कक्षा १२ परीक्षा स्थगित भएको छ । आज दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिइने र त्यसपछि परीक्षा संचालन गर्ने निर्णय भएको छ । 

स्वास्थ्य मन्त्रालयले शुक्रबार कक्षा १२ सहित निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको थियो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेका थिए। 

सोहि अनुसार परीक्षा स्थगित गरिएको हो ।  राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो।

 नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि विद्यार्थीको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved