परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप लगाउने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 06:30:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विश्वविद्यालयको परीक्षामा सहभागी हुने २० वर्षमाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ ।

स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले विश्वविद्यालयका परीक्षार्थीका लागि काठमाडौंमा मात्र नभई सबै प्रदेशबाट कोभिशिल्ड वा भेरोसेलको खोप उपलब्ध गराउने निर्णय भएको बताएका हुन् । उनले प्रदेशले तोकेका खोपकेन्द्रबाट प्रवेशपत्र देखाएर खोप लिन सक्ने बताएका छन् ।

उनले भनेका छन् 'विश्वविद्यालय तहका परीक्षार्थीहरूले प्रवेशपत्रका आधारमा काठमाडौँ उपत्यकामा नेपाली सेना,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्ध खोप प्राप्त गर्न सक्नुहुन्छ। यसबाहेक सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था छ।'

स्वास्थ्य मन्त्रालयले ७ वटा प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई प्रवेश पत्रको आधारमा खोप दिन पत्राचार गरेको छ।

Image


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved