निमा एकेडेमी र विस्टिमबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 12:07:43 PM मा प्रकाशित

laxmi  sunrise bank

निमा एकेडेमी र विस्टिम  (वुमेन इन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्र्टस एण्ड म्याथम्याथिक्स) बीच सहकार्य भएको छ  ।

सहकार्यको सहमति पत्रमा हस्ताक्षर गर्दै निमाका सिओओ नेहा जोशी र विस्टिमका संस्थापक बिनिता श्रेष्ठले आफूहरु दुवै जना महिला  उद्यमी  भएको नाताले गर्दा यो सहकार्य प्रति दुवै जना सन्तुष्ट र खुशी रहेको बताए ।

सहकार्य पश्चात निमा एकेडेमीले विस्टिमका शैक्षिक सामग्री तथा कोर्सहरु आफ्नो वेबसाइट र एपमा उपलब्ध गराएको छ । यो संगै अब विस्टिमका शैक्षिक सामग्रीहरु निमामा निशुल्क पाइनेछ ।

विस्टिमले कम्प्युटर करियरमा महिलाहरुको सक्रियता बढाउन र यस क्षेत्रमा महिलाहरुको संलग्नता बढाउन विभिन्न डिजिटल साक्षरता र विस्टिम कार्यक्रमहरु गर्ने गरेको छ  । कम्प्युटर क्षेत्र र डिजिटल प्रबिधिमा महिला र पुरुषहरुको लैङ्गिक भिन्नता घटाउन विस्टिम अग्रसर छ । विस्टिमले किशोरीहरुका लागि विभिन्न किसिमका अबसरहरु, आत्मविश्वास बढाउने अनि रचनात्मकता उर्जागर गर्ने खालको कार्यक्रमहरु लिएर आउने गरेको छ । धेरै भन्दा धेरै महिला तथा किशोरीहरुलाई कम्प्युटर क्षेत्रमा आफ्नो करियर बनाउन विस्टिमले प्रोत्साहन गरेको छ  

बिज्ञान, प्रबिधि, इन्जिनीयरिंङ्ग, कला र गणित क्षेत्रमा महिलाहरुको संख्या दोब्बर गराउने उदेश्य विस्टिमको रहेको छ । यसैको लागि विस्टिमले महिलाहरुलाई लक्षित गरी उनीहरुको कला, सिप र ज्ञानलाई बढावा दिने किसिमको शैक्षिक कार्यक्रम र सामाग्रीहरु पस्किने गरेको छ 

निमा एकेडेमी सन् २०१८ मा स्थापित एउटा नविन ई-शिक्षा प्रणाली हो जसले विद्यार्थी र शिक्षकहरुको लागि डिजिटल शिक्षण सामग्री प्रदान गर्दछ  । हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु पाइन्छ र आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको छ । निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइन्मेन्ट तथा गेमहरू समावेश गरिएको छ 

परम्परागत शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्दै त्यसमा व्यवस्थित परिबर्तन ल्याउने प्रयास निमा र विस्टिम दुवैले गर्दैछन्  । निमा एकेडेमीसंगको विस्टिमको साझेदारी यस अर्थले पनि महत्वपुर्ण छ किन कि दुवैको दृष्टिकोण र उदेश्य उस्तै रहेको छ । दुवै मिलेर संगै काम गरियो भने त्यसले झन् ठुलो प्रभाव पार्ने विश्वाश निमा र विस्टिम दुवैको रहेको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved