निमा एकेडेमी तेस्रो वर्षमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2021 | 04:28:43 PM मा प्रकाशित

laxmi  sunrise bank

निमा एकेडेमी स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ । यहि अवसरमा निमाले आफ्ना कर्मचारीहरुलाई आफ्नो योगदानको लागि स(धन्यवाद स्वरूप उपहार प्रदान गरेको छ ।

यी तिन बर्षमा निमाले शिक्षा क्षेत्रमा धेरै फड्को मारी सकेको दाबी गरेको छ । शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्दै त्यसमा डिजिटल छाप छोड्न निमा धेरै हदसम्म सफल भएको निमाको दाबी छ । 

सुरुमा ई-शिक्षा प्रणालीको बारेमा केहि नबुझ्नेले पनि अहिले अनलाइन कक्षा र ई-शिक्षाको बारेमा राम्रोसंग बुझेको र कोरोना महामारीको कारणले गर्दा पनि ई(शिक्षाको महत्व बढेको निमाले जनाएको छ । 

निमामा अहिले १५० भन्दा धेरै विद्यालयहरु जोडिएका छन् ।

हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु पाइन्छ र आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको छ । साथै निमाले विस्टिमका शैक्षिक सामग्री तथा कोर्सहरु पनि आफ्नो वेबसाइट र एपमा निशुल्क उपलब्ध गराएको छ । निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइन्मेन्ट तथा गेमहरू समावेश गरिएको छ ।

निमा एकेडेमी वेबसाइट र एप मा उपलब्ध छ । साथै निमा एकेडेमी आइओएस् र एन्ड्रोइड दुबैमा उपलब्ध छ । निमा एकेडेमीका कोर्सहरू रमाइला र अन्तरक्रियात्मक खालका हुने भएकाले विद्यार्थीहरुलाई पढेको कुरा सम्झिन र बुझ्न सजिलो हुने र शिक्षक शिक्षिकाहरुको पढाउने अभ्यास पनि परिस्कृत हुदै जाने निमाले जनाएको छ । 

निमा एकेडेमीले तयार गरेको पाठ्यक्रम बालबालिकाको चाहनालाई विशेष ध्यान दिएर निर्माण गरिएको सीओओ जोशीले बताइन् । हाललाई गणित, विज्ञान र सामाजिक शिक्षालाई विशेष फोकस गरिएको उनले बताइन् । बालबालिकाहरूलार्ई अलि कठिन लाग्ने यी विषयहरूलाई कसरी उनीहरूले बुझ्ने शैली अर्थात् सरल र सहज तरिकाले पढाउने भन्नेबारे निकै खोजी गरेर मात्रै पाठ्यक्रम तयार पारिएको उनको भनाइ छ ।

सन् २०२२ सम्ममा नेपाली बिद्यार्थीहरुका लागि अन्तराष्ट्रिय स्तरबाट मान्यता प्राप्त कोर्षहरु उपलब्ध गराउने निमाको उदेश्य रहेको छ ।

निमाले विकास गरेको डिजिटल लर्निङ विधिले स्मार्ट शिक्षा प्रणालीमा थप योगदान पुर्याउने विश्वास एकेडेमीको छ । बालबालिकाको भविष्य भनेको स्मार्ट लर्निङ विधिमै भएकाले यो विधि अहिलेदेखि नै लागू गर्दै लैजानुपर्ने एकेडेमीको भनाइ छ । एकेडेमीकी सीओओ जोशी स्मार्ट शिक्षा विद्यार्थीहरूका लागि मात्र नभएर शिक्षक तथा अविभावकका लागि पनि भएको बताउँछिन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved