कक्षा १२ को परीक्षा ३० भदौबाट हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2021 | 08:26:03 PM मा प्रकाशित

laxmi  sunrise bank

यस अघि स्थगित भएको कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबारको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा गर्ने निर्णय गरेको हो ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने र परीक्षा हाेम सेन्टरबाटै सञ्चालन हुने बोर्डले जनाएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन हुने बोर्डले उल्लेख गरेको छ ।

बोर्डले परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । तालिका हेर्न यहाँ क्लोक गर्नु होला । 

 पछिल्लोपटक ३१ साउनदेखि हुन लागेको परीक्षा कोभिड- १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएका थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved