काठमाडौँका सबै विद्यालय खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2021 | 05:21:55 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँका सबै विद्यालय खुल्ने भएका छन् । असोज १ गतेदेखि काठमाडौँका सबै विद्यालयहरु खुल्ने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सरकारी र निजी सबै खाले विद्यालय खोल्न दिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र काठमाडौं नगरपालिकाबीचको संयुक्त बैठकले असोज १ गतेदेखि कोभिडका प्रोटोकल पालना गर्दै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि १६ भदौको डीसीसीएमसीको बैठकले भौतिकरुपमा विद्यालय संचालन गनै अनिवार्य रुपमा प्रशासनको अनुमति लिनुपर्ने निर्णय गरेको थियो ।

तर, अहिले संक्रमण र मृत्युदर केही घटेकाले भौतिकरुपमै पठनपाठन गर्न दिईने निर्णय भएको प्रशासनले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved