नेपालमै पहिलो पटक केएफएले ल्यायो ९ पिलर सहितको बिसीएसआईटी कोर्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 12:36:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य बानेश्वरस्थित के एफ ए बिजनेस स्कुलले “बि सी एस आईटि” नामक नयाँ कार्यक्रम घोषणा गरेको छ शिक्षा क्षेत्रमा बिगत २१ वर्ष देखिको अनुभव रहेको के एफ ए  ले विश्वजगतमा आई टि को महत्व बढे संगै आफ्नो नयाँ आयाम थपेको हो

कलेजले लिंकन बिश्वबिद्यालय अन्तर्गत नेपालमै पहिलो पटक  ९ स्तम्भ सहितको नयाँ  बि सी एस आई टि कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको जनाएको छ छ । कलेजले एम बि ए  प्लस र बि एच एम कार्यक्रम संचालन गर्दै आईरहेको छ

विभिन्न आई टि  वा कोर्पोरेट कम्पनीहरुसंगको समन्वयमा तालिमको अवसर, कार्यक्रमलाई प्रभावकारी बनाउन भर्चुअल ल्याबको व्यवस्था, विषयगत र व्यावहारिक ज्ञानका लागि एकै पटक दुई प्राध्यापकको नीति , बिद्यार्थीहरुलाई  सर्टिफ़ाइएड आई टि तालिम , व्यवस्थापन सम्बन्धि विभिन्न  क्र्यास  कोर्षहरु, बिभिन्न  व्यावसायिक  सीप विकास सम्बन्धि तालिम , जागिर को अवसर वृद्धिका लागि व्यवस्था , आईटि सम्बन्धि विकास का लागि चिरपरिचित व्यक्तित्व सँगको आई टि बहस जस्ता ९ स्तम्भीय बि सी एस आई टि कार्यक्रमले विद्यार्थीहरुलाई कुनै पनि कम्पनीमा आई टी सम्बन्धि काम गर्न सक्षम बनाउने विश्वास के एफ ले लिएको छ

कलेजका अनुसार नेटवर्किंग साथै  साइबर सेक्युरिटी लाई मुख्य केन्द्रबिन्दु बनाएको उक्त कार्यक्रम ३ वर्षको हुनेछ +२ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि यस बिषयको माग र सम्भाव्यता सम्बन्धि जानकारी दिन  नि:शुल्क  सेमिनार गरिने समेत कलेजले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved