‘फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन' : मन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2021 | 02:40:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाईने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताएका हुन्  ।

‘फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन । पहुँचका भरमा एउटाले फाइल ल्याउँछ । यहाँ स्कूल छ भन्छ, अनि पैसा लान्छ । त्यसको अर्थ छैन’, उनले भने, ‘त्यसैले योजनामा, मिसनमा, परिणाममा, भविष्यमा, समयको सुरक्षाको लागि लगानी गर्नुपर्छ ।’

शिक्षाले उत्पादन तथा परिणाम दिनुपर्नेमा मन्त्री शर्माले जोड दिए  । उनले कतिपय बिना परिणामका ‘फाइल’मा लगानी भइरहेकोप्रति चिन्ता समेत व्यक्त गरेका छन्। ‘हामीले धेरै बाटो त खन्यौँ । तर प्रतिफल कति दिइरहेका छन्, यो बुझ्नुपर्छ’, उनले भने, ‘सडक निर्माण जस्तै प्रतिफल दिने विद्यालयहरूमा लगानी गरौँ ।’

मन्त्री शर्माले जनसंख्या र आवश्यकताका आधारमा विद्यालयहरू स्थापना गर्नुपर्ने समेत बताए  । कहाँ, कति जनसंख्याका लागि कस्तो विद्यालयको आवश्यकता हुन्छ विज्ञको रायअनुसार विद्यालय निर्माण गर्नुपर्ने उनको धारणा रहेको छ । उनले विद्यालय र विश्वविद्यालयहरूले राष्ट्रलाई परिणाम दिने खालको हुनुपर्ने बताए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved