नेपालबाट विदेशका विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थी ३६ प्रतिशतले बढे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 04:05:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा नेपालबाट विद्यार्थी भर्ना हुने क्रम उल्लेख्यनीय रूपमा बढेको छ । 

प्रमुख अन्तराष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले सन् २०२० यता ३६ प्रतिशत विद्यार्थी भर्ना वृद्धि भएको जनाएको छ । अष्ट्रेलिया विद्यार्थीहरुको मनपर्ने गन्तव्यको सूचीमा शीर्ष स्थानमा रहेको छ भने अमेरिका, बेलायत र युरोप पनि यस सूचीमा सामिल रहेका छन् ।

गत वर्षदेखि, ५५ प्रतिशत नेपाली विद्यार्थीहरूले उत्तर अमेरिकाका आफ्नो मनपर्ने विश्वविद्यालयहरूमा आवेदन दिए । त्यसैगरि ४५ प्रतिशत विद्यार्थीहरु बेलायतका विश्वविद्यालयहरूमा भर्ना भए र १० प्रतिशत विद्यार्थीले अष्ट्रेलियालाई आफ्नो मनपर्ने गन्तव्यको रूपमा रोजेका छन् । यी विद्यार्थीमध्य अधिकांश नेपालका बाग्मती, गण्डकी र लुम्बिनी क्षेत्रका रहेका छन् ।

अग्रणी अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपका दक्षिण एसियाका क्षेत्रीय निर्देशक श्रीनी बन्दाराले भने, “विदेशका विश्वविद्यालयहरूमा आवेदन दिने नेपाली विद्यार्थीहरूको संख्यामा यस्तो उल्लेख्यनीय वृद्धि भएको देख्न पाउँदा हामी अत्यन्तै खुसी छाँैं । उनीहरू उत्तर अमेरिका, बेलायत र अष्ट्रेलिया जस्ता देशहरूमा मुख्यतया आफ्नो शैक्षिक उत्कृष्टता हासिल गर्न, पार्ट टाइम जागिरका अवसरहरू खोज्न र स्नातकोत्तर कार्य अनुभवको लागि आकर्षित हुन्छन् ।”

नर्सिङ, जनस्वास्थ्य, बिजिनेश एड्मिनिस्ट्रेसन, इन्जिनियरिङ व्यवस्थापन, लेखा, सूचना प्रविधि, डाटा विज्ञान, प्रारम्भिक बाल्यकाल शिक्षा, शहरी योजना र इन्जिनियरिङ लगायतका अध्ययन कार्यक्रमहरू नेपाली विद्यार्थीहरूमाझ सबैभन्दा लोकप्रिय विषय रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved