बोर्डिङमा नाती पढाउने प्रचण्डलाई कार्यकर्ताको प्रस्ताव, ‘सन्तानलाई सामुदायिक स्कुल पढाऔँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2021 | 03:35:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामू नेताहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् । आठौँ महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा अध्यक्ष प्रचण्डकै अगाडी राजनीतिक प्रस्ताव माथिको समूहगत छलफलपछि नेताहरुले छोराछोरी सरकारी एवम् सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव राखिदिए ।

अब प्रचण्डलाई यो प्रस्ताव ‘गलपासो’ बन्नेवाला छ । किनकी उनले आफ्ना नातीलाई मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा पढाईरहेका छन् । यो स्कुलमा प्रचण्डका स्व. छोरा प्रकाश दाहाल र पूर्वमन्त्रीसमेत रहेकी बुहारी विना मगरका ६ वर्षका छोरा २ कक्षामा पढ्छन् ।

कसरी आयो नेताले सन्तानलाई सरकारी स्कुल पढाउनुपर्ने प्रस्ताव ?

अध्यक्ष प्रचण्डले माओवादीलाई गाउँ गाउँमा फर्काउने, २०६४ सालको विरासत फिर्ता ल्याउने घोषणा गरेका प्रचण्डलाई कार्यकर्ताको कम्तीमा केन्द्रीय सदस्यहरुले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरे ।

समूह १० गण्डकीले आफ्नो समूहको निष्कर्ष सुनाउने क्रममा केन्द्रीय सदस्यले छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved