अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै 'अष्ट्रेलियन इन्फर्मेशन डे' हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2022 | 09:00:19 AM मा प्रकाशित

laxmi  sunrise bank

 अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै Exclusively Australia Information Day हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिंदै आएको e-planet -एजुकेशन प्लानेट_ ले ‘अष्ट्रेलिया जान अव नो झन्झट, ONE DAY – ONE SPOT It’s E-PLANET EXCLUSIVELY AUSTRALIA नाम गरी विषेश शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

पौष २५ गते काठमाडौं स्थित आफ्र्नै संस्थाको केन्द्रीय कार्यलय बागबजार र २७ पौषमा भरतपुर गार्डेन रिसोर्ट चितवनमा आयोजना हुने यस कार्यक्रममार्फत अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुसंग त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत परामर्श दिइने iइ प्लानेटले जनाएको छ । अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृती लगायतका आवश्यक विषयमा एकै ठाउँबाट पर्याप्त जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मेलामार्फत छात्रवृती सम्बन्धी जानकारी, IELTS प्राप्ताङ्कमा सुधार ल्याउने तरिका र अष्ट्रेलिया पुगेपछिको करियरका बारेमा पनि जानकारी दिइने छ । १५ भन्दा बढी युनिर्भसिटी तथा कलेज प्रतिनिधिमार्फत एकै दिन एकै छानामुनि सम्पूर्ण जानकारी दिने उदेद्देयले आयोजना गरिएको यस कार्यक्रममा Scholarships, Grants, Career Scope  का साथै अष्ट्रेलियामा काम गर्न र छिटो–छरितो तरिकाले भिसा लगाउन चाहिने आवश्यक काजजात र आर्थिक लगानीको बारेमा समेत जानकारी दिइने ई प्लानेटले उल्लेख गरेको छ ।

कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये एकजनालाई लक्कीड्र मार्फत ल्यापटप प्रदान गरिने कुरा पनि यस कार्यक्रमा जानकारी गराइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved