टियुको सबै परीक्षा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 04:34:43 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ ।  परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखिको लागि तोकिएको बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो ।  शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा भने हुने जनाएको छ ।

विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ ' त्रिभुवन विश्वविद्यालय अन्तर्गत हाल संचालन भईरहेका अधिकांश परीक्षाहरु सम्पन्न भईसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रि.वि.केन्द्रीय परीक्षा संचालक समितिको मिति २०७८।१०।६ गते बसेको बैठकबाट हाल त्रि.वि. द्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।'

Image

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved