नेपाल खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धर बज्राचार्य नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2022 | 07:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खुला विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. शिलु मानन्धर बज्राचार्य  नियुक्त भएकी छिन्। आज बसेको मन्त्रिपरिषद‍्को बैठकले  बज्राचार्यलाई  उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले विश्वविद्यालयको उपकुलपतिको लागि  डा. शिलु मानन्धर बज्राचार्य,  प्रा.डा. मनप्रसाद वाग्ले र प्रा.डा. इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । ति मध्येबाट सरकारले बज्राचार्यलाई उपकुलपति नियुक्त गरेको हो ।

बज्राचार्य यसअघि खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिन थिइन् । उनी शंकरदेव क्याम्पसको पूर्वप्रमुख समेत हुन् । खुला विश्वविद्यालयमा शिक्षामन्त्री कुलपति रहने ब्यबस्था छ। यस संगै विश्वविद्यालयले आठ महिनापछि उपकुलपति पाएको छ । विश्वविद्यालयको संस्थापक उपकुलपति प्रा.डा. लेखनाथ शर्माको कार्यकाल गत जेठमा सकिएपछि विश्वविद्यालय उपकुलपति बिहिन थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved