ईस्लिङटन कलेजले मनायो रजत जयन्ती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2022 | 09:57:06 AM मा प्रकाशित

laxmi  sunrise bank

ईस्लिङटन कलेज स्थापनाको २५ औ वार्षिकोत्सव मनाएको छ ।  सन् १९९६ मा स्थापना भएको ईस्लिङ्टन आईटी र व्यवस्थापन संकायमा दक्ष्य जनशक्ति उत्पादन गर्दै आएको कलेज हो ।

रजत जयन्तीको अवसरमा कलेजले यो यात्रामा साथ दिने शुभचिन्तक तथा कलेज सञ्चालनका लागि सहयोग गर्ने व्यवस्थापक, प्राध्यापक, विद्यार्थी र अभिभावकहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ ।  स्थापनाको २५ वर्षमा शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गर्दै आएको कलेजले उल्लेख गरेको छ ।

कलेजका अनुसार तीन सय बढी प्राध्यापक र कर्मचारी रहेको यो कलेजबाट हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थीहरु उतीर्ण हुँदै आएका छन् । २५ वर्षको यो अवधिमा कलेजले ५५०० भन्दाबढी दक्ष्य जनशक्ति उत्पादन गरिसकेको छ ।  ईस्लिङटन कलेजबाट उतीर्ण भएका विद्यार्थीहरु नेपालको घरेलु बजारमा अत्यधिक खोजी हुँदै आएको र स्वदेशमा मात्र नभइ बिदेशमा पनि उनीहरुको प्रदर्शन अब्बल दर्जाको हुने गरेको कलेजले उल्लेख गरेको छ । 

कलेजले भनेको छ 'आधुनिक प्रविधि, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइ अनुकूल कक्षा कोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार ईस्लिङटन कलेजमा उपलब्ध छ । ईस्लिङटन कलेजले नवीन शिक्षाको दाबी गर्छ । हामीसँग आवद्ध प्राध्यापक, शिक्षाविद् तथा विद्यार्थीहरु नयाँनयाँ खोज र अनुसन्धानमा विश्वास गर्छन् । जसले सिकाई र पढाईमा नौलोपन ल्याउने मात्र हैन नयाँनयाँ सोचको विकास समेत गरिदिन्छ '

कलेजले आईटी र व्यवस्थापन संकायमा वर्षेनी दक्ष्य र बजार सुहाउँदो जनशक्ति उत्पादन गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved