जनक शिक्षाले भन्यो 'स्थानीय चुनाव र रुस-युक्रेन युद्दका कारण किताब छाप्न सकेनौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 04:13:00 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । देशभर पाठ्यपुस्तकको अभाव भईरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाई गरी विद्यालयहरुमा पठाउन नसकिएको स्पष्टिकरण दिएका हुन् ।

बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले कोभिडलाई पनि कागज आपूर्तिको सहायक कारकको रुपमा चित्रण गरे । प्रबन्ध निर्देशक झाले भने, ‘पाठ्यपुस्तक छपाईमा हाम्रो समस्या कहाँ रह्यो भने कागज आपूर्ति समयमा हुन सकेन । हाम्रो कार्यतालिका अनुसार चैत्रको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौताको असोज २४ गते नै गरिएको थियो । तर कागज चैत्रको १० गते भित्र पटकपटक गरेर आपूर्ति भईसक्नुपर्नेमा यो बीचमा रुस–युक्रेन युद्ध भयो  । जसकारणले हामीकहाँ मात्रै होईन, विश्वभर नै कागजको हाहाकार भयो । त्यसको प्रभाव नेपालमा पनि प¥यो । अर्को स्थानीय तह निर्वाचनले पनि छपाईमा प्रभाव पा¥यो ।’

प्रबन्ध निर्देशक झाले अव भने कागजको आपूर्ति भईसकेकाले असारको पहिलो हप्ता भित्र देशभरका सबै विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याई सक्ने प्रतिवद्धता पनि समितिमा व्यक्त गरे । त्यसका लागि गत जेष्ठ ९ गतेबाट पाठ्यपुस्तक ढुवानीका काम सुरु गरिएको र एक हप्ता भित्र दूर्गम हिमाली तथा पहाडी जिल्लाहरुका विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याईने पनि उनले बताए ।

केन्द्रले अव ३५ लाख पाठ्यपुस्तक छपाईको काम बाँकि रहेको र त्यसलाई छिटो सम्पन्न गराउन प्रज्ञा प्रतिष्ठानको छापाखानामा पनि छपाई गर्न दिने सम्झौता भएको पनि जनाएको छ । प्रबन्ध निर्देशक झाले बाँकि पाठ्यपुस्तक छपाईको काम र ढुवानीका काम एक साथ सम्पन्न गर्ने भएकाले आगामी असारको पहिलो हप्ता भित्र सबै विद्यालयहरुमा पाठ्यपुस्तक पुगिसक्ने दावी गरे ।

उनले भने, ‘अस्ती ९ गतेबाट ढुवानीको काम सुरु गरिएको छ, हिमाली र पहाडी जिल्लाहरुलाई प्राथमिकता दिएर त्यो एक हप्ता भित्र सक्छौं । अनि असोजको पहिलो हप्ता भित्र देशभर पाठ्यपुस्तक पुग्ने गरी छपाईको काम सुरु गरिएको र ढुवानीको पनि व्यवस्था गरिएको छ । ३५ लाख बाँकि पाठ्युपुस्तक छपाईको काम छिटो सम्पन्न गर्न प्रजा प्रतिष्ठानको पनि छापाखानामा छपाई गर्ने सम्झौता गरेका छौं । त्यो काम अव सुरु हुन्छ । असारको पहिला हप्ता भित्र देशका कुनै पनि विद्यालयमा पुस्तकको अभाव हुन दिनछैनौं ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved