इस्लिङ्टनले यसरी गर्छ सिंगापुर हुँदै बेलायतसम्म गैर-कानूनी आर्थिक कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 10:55:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको सम्बन्धनमा काठमाडौँको कमलपोखरीमा संचालित इस्लिङ्टन कलेजले गैरकानूनी रूपमा नेपाली मुद्रा सिंगापुर हुँदै बेलायतसम्म पुर्याउने गरेको पाइएको छ। 

कम्प्युटिङ, आइटी सेक्युरिटी, मल्टिमिडिया टेक्नोलोजी जस्ता कार्यक्रमहरू संचालन गरेको इस्लिङ्टन कलेजले एउटा गैर-कानूनी संस्था आइ एकेडेमी पीटीई लिमिटेड सिंगापुरमार्फत पैसा लन्डन पठाउने गरेको रहस्य बिजपाटीले पत्ता लगाएको छ । 

सम्बन्धन दिने विश्वविद्यालयले सिधै विद्यार्थीलाई सक्कली इन्भ्वाइस पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । तर इस्लिङ्टनले विदेशी मुद्रा अपचलन प्रयोजनकै निम्ति तेस्रो पक्ष खडा गरेर आर्थिक कारोवार गर्ने गरेको हो । 

सन् २०११ मा लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट सम्बन्धन लिएकै बखत इस्लिङ्टनले आइ एकेडेमी पीटीई लिमिटेड सिंगापुर नामक संस्था खोलेको थियो । त्यतिबेलै उक्त संस्था, युनिभर्सिटी र इस्लिङ्टन कलेजबीच आर्थिक कारोबार हुने सम्झौता गरिएको थियो । 

पैसा अपचलन गर्ने प्रयोजनकै निम्ति खोलिएको संस्थाको कानूनी मान्यता नरहने शिक्षा मन्त्रालयका एक पूर्व कर्मचारीले बताए । 'सिधा हेर्दा गैर-कानूनी रूपमा पैसा बाहिर पठाउन उक्त संस्था खोलिएको स्पष्ट हुन्छ । उक्त संस्थाबाट पैसा पठाउने अनुमति मन्त्रालय दिनु हुँदैनथ्यो,' ती पूर्व कर्मचारीले भने । 

इस्लिङ्टनसँग विदेशी मुद्राको कारोबारको कुनै अभिलेख छैन । जबकी आफ्ना विद्यार्थीहरूले विदेशी विश्वविद्यालयलाई तिरेको पैसाको हिसाबकिताब गर्ने जिम्मा सम्बन्धित कलेजकै हो । 

२०७६ सालमा अनुगमनका लागि शिक्षा मन्त्रालयद्वारा गठित एक उपसमितिले आर्थिक कारोवारको विवरण मागेको थियो । तर इस्लिङ्टनले दिन मानेन । 

नियम कानून छलेर विदेशी मुद्रा अपचलन गर्ने कार्यमा सक्रिय इस्लिङ्टनले विद्यार्थी र कलेजको कारोबार हुने बैंक होइन, अर्कै बैंकबाट पैसा बाहिर पठाउने गर्छ । 

सातामा दश हजार डलरसम्म सम्बन्धित विश्वविद्यालयकै खातामा पैसा पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । उक्त रकम भन्दा बढी पठाउनुपर्यो भने राष्ट्रबैंकको अनुमति चाहिन्छ । इस्लिङ्टनले कति पैसा बाहिर पठाएको छ भन्ने अभिलेख राष्ट्र बैंकले पनि राखेको छैन ।

आयकर ऐन २०५८ को दफा ८८ अनुसार कलेजले विश्वविद्यालयलाई पठाउने रकमको आयकर (१५ प्रतिशत)समेत हालसम्म दाखिला गरिएको छैन । इस्लिङ्टनले राज्यलाई करोडौं रकम बराबरको कर छली गरिरहेको छ । 

त्यस्तै बैंकले रकम पठाएबापतको २ प्रतिशत शिक्षा कर पनि इस्लिङ्टनले नबुझाएको पाइएको छ । 

यस अघि: 

लिंकन युनिभर्सिटीका नाममा चलेको केएफए कलेज, जसलाई शिक्षा मन्त्रालयले चिन्दैन

-   आर्थिक प्रलोभनको आडमा नेपालमा लिंकनको माफिया संजाल

विदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममा

किन सुनुवाई भएन विदेशी सम्बन्धन लिएका 'अवैध' कलेजमाथि कारबाहीको सिफारिस ?

विदेशी सम्बन्धन प्राप्त ‘अवैध’ कलेज चोख्याउन शिक्षा मन्त्रालयको ‘नयाँ कर्तुत’

विदेशी सम्बन्धन प्राप्त कलेजको अवैध धन्दा: पैसा बाहिर पठाउने, हुण्डीबाट आफैं ल्याउने खाने

मन्त्रीलाई ‘शुभलाभ’ हुने गरी यसरी फेरिन्छ विदेशी सम्बन्धन प्राप्त कलेजका मापदण्ड

नेपाल मै बसेर विदेशी शिक्षा मोह: सम्बन्धन कै नाममा बाहिरियो डेढ अर्ब विदेशी मुद्रा


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved