इस्लिङ्टनसहित ५ ‘अवैध’ कलेजमाथि कारवाहीको सिफारिस, यस्तो छ छानविन प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 10:01:54 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी सम्बन्धनका नाममा राजश्व छली, विदेशी मुद्रा अपचलन र गैर-कानूनी काम गर्ने इनोभेट नेपाल ग्रुप (आइएनजी)सँग सम्बन्धित ५ कलेजमाथि कारवाही गर्न शिक्षा मन्त्रालय उदासीन देखिएको छ । बरू मन्त्रालयकै केही कर्मचारीको मिलेमतोमा निर्धक्कका साथ ती कलेजहरूले विद्यार्थीको शैक्षिक भविष्य जोखिममा पारिरहेका छन् ।  

आइएनजीका नाममा विदेशी सम्बन्धनमा खोलिएका ५ कलेजमाथि विदेशी मुद्रा अपचलन, गैर-कानूनी संचालन, राजस्व छली लगायतका आरोप लगाउँदै ३ वर्षअघि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले एक प्रतिवेदन बुझाएको थियो । अनुगमनका क्रममा मन्त्रालयद्वारा गठित समितिले ती संस्थाहरूलाई गैर-कानूनी ठहर गरेको थियो ।

उल्लेखित पाँच कलेजमध्ये लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त इस्लिङ्टन कलेज, इटहरी इन्टरनेसनल कलेज र इन्फर्म्याटिक्स कलेज पोखरा हुन् भने  युनिभर्सिटी अफ वल्भरह्याम्प्टनबाट सम्बन्धन प्राप्त गरेका हेराल्ड कलेज र विराटनगर इन्टरनेसनल कलेज हुन् ।

गत २०७६ सालको अन्तिममा गठित एक समितिले सबै पाँच वटा कलेजलाई कारवाही गर्नुपर्ने भन्दै मन्त्रालयमा सिफारिस गरेको थियो । उक्त प्रतिवेदनका आधारमा यी 'गैर-कानूनी' संस्थाहरूलाई कारवाही गर्नु त परे जाओस्, प्रतिवेदनसमेत सार्वजनिक गरिएको छैन ।

तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा गठित एक छानबिन समितिले आफ्नो प्रतिवेदन तत्कालीन शिक्षा सचिव महेश दाहाललाई बुझाएको थियो । दाहाल अहिले सेवानिवृत्त भइसकेका छन् । प्रतिवेदनबारे बुझ्न खोज्दा दाहाल सम्पर्कमा आउन चाहेनन् ।

तर तेस्रो पक्ष खडा गरेर विदेशी मुद्रा अपचलन गरेको, राजश्व ठगेको, विद्यार्थीको भविष्यलाई जोखिमतिर धकेलेको भएपनि यी शिक्षण संस्थाहरू निर्धक्कका साथ चलिरहेका छन् ।

यस्तो छ बिजपाटीलाई प्राप्त छानबिन समितिको प्रतिवेदन :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved