विद्यार्थीलाई प्रयोग गरेर जबरजस्ती गैरकानूनी 'धन्दा' चलाउँछ ब्रिटिश कलेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 04:27:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको लीड्स ब्याकेट युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट इंग्ल्याण्डको सम्बन्धन 'कथित' सम्बन्धन प्राप्त गरेको भनिएको राजधानीको द ब्रिटिश कलेजले राजनीतिक शक्तिको आडमा चलाउने गरेको गैर-कानूनी धन्दामा विद्यार्थीकै प्रयोग गर्ने गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विदेशी मुद्रा अपचलन, राजश्व ठगी जस्ता मुद्दा परेको ब्रिटिश कलेजले मुद्रा अपचलन लगायत अन्य धेरै गैर-कानूनी काममा विद्यार्थीलाई नै प्रयोग गरेको पाइएको छ। 

बहालवाला विभागीय मन्त्री देवेन्द्र पौडेललाई मोटो रकम 'भेटी' चढाएर विदेशी मुद्रा अपचलन गरिरहेको कलेजले त्यहाँ पढ्ने विद्यार्थीकै खाताबाट सिधै 'स्टुडेन्ट फि कलेक्सन सर्भिस लिमिटेड'को खातामा पैसा लैजाने गरेको देखिएको छ। यसबारे मन्त्रालय अहिलेसम्म चुप बसेको छ । 

विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूले सिधै विश्वविद्यालयमै पैसा पठाउनुपर्ने प्रावधान २०५९ सालमा बनेको निर्देशिकामा छ । उक्त प्रावधानको खिल्ली उडाएर ब्रिटिश कलेजका संस्थापक राजन कंडेलको नाममा बेलायतमा मुद्रा अपचलन गर्ने प्रयोजनकै लागि खोलिएको अवैध संस्था 'स्टुडेन्ट फि कलेक्सन सर्भिस लिमिटेड' नामको तेस्रो एजेन्टलाई विद्यार्थीले पैसा पठाएको खुलेको हो।

सन् २०१६ मा खोलिएको उक्त अवैध संस्था प्रयोग गरेर मुद्रा अपचलन गरिरहेको ब्रिटिश कलेजले आफ्ना विद्यार्थीहरूलाई सिधै तेस्रो एजेन्टको खातामा पैसा हाल्न लगाउने गर्छ । यसका लागि बेलायतका दुवै युनिभर्सिटीबाट अनुमति लिइएको कलेजका संस्थापकहरू दाबी गर्छन् । 

विश्वविद्यालय, कलेज र स्टुडेन्ट फि कलेक्सन सर्भिस लिमिटेड र कलेज  तीन पक्षबीच सम्झौता भएअनुसार उक्त एजेन्ट कम्पनीले सीधै विद्यार्थीको नाममा इन्भ्वाइस पठाउने र अध्ययनरत विद्यार्थीहरूले कलेजले तोकेको बैंकमा खाता खोली रकम जम्मा गर्ने र बैंकले विद्यार्थीको खाताबाट स्विफ्ट गरी पठाउने गरेको पाइएको हो । 

यसरी कलेजले विद्यार्थीहरूको नामबाट जुनसुकै शीर्षकमा उक्त संस्थाबाट इन्भ्वाइस प्राप्त भएपछि जति पनि रकम पठाउने गरेको साथै यस क्रममा यस मन्त्रालय वा राष्ट्र बैंकसँग कुनै सहमति लिने गरेको नदेखिएको मन्त्रालयमा रहेको गोप्य दस्तावेजमा उल्लेख छ।

सम्बन्धित कलेजले सहजताका लागि यो पद्धति अपनाएको भनी कलेज प्रशासनले बताउने गरेको छ । यसरी कलेजले सन् २०१६ बाट सिधै विश्वविद्यालयमा रकम पठाउन छोडेपछि विदेशी मुद्रासम्बन्धी कारोबारको कुनै पनि अभिलेख कलेजमा रहेको नदेखिएको र आफ्नो संलग्नता नै छैन, विद्यार्थीहरूले पठाएको हो भनी पन्छिएको पाइएको हो ।

विद्यार्थीलाई नै प्रयोग गरेर विदेशी मुद्रा अपचलन गर्ने काममा ब्रिटिश कलेज लागेपनि राज्यको नियामक निकाय भने यससम्बन्धमा मौन छ । बिजपाटी डटकमले यसअघि कलेजका गैर-कानूनी धन्दाहरूका बारे समाचारमार्फत राज्यको पटक-पटक ध्यानाकर्षण गराएको छ । ब्रिटिश कजेलले हालसम्म आफ्नो संस्थामा पढ्ने विद्यार्थीहरूको संख्या यकिन प्रस्तुत गरेको छैन । 

'ब्रिटिश कलेजमा कति भर्ना हुन्छन्, कतिले कुन कार्यक्रम पढ्छन्, कति परीक्षामा सामेल हुन्छन् र कति पास हुन्छन् भन्ने विषय हामीलाई जानकारी छैन,' मन्त्रालयका एक कमर्चारीले भने, 'यसको यकीन विवरण कलेजले उपलब्ध गराएको छैन ।'

त्यस्तै कति विद्यार्थीका नाममा कति रकम बाहिरिन्छ भन्ने यकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन । 'विद्यार्थीले आफैं थर्ड पार्टी एजेन्टको नाममा पैसा हालिदिने भएकाले कसले कति पठाए भन्ने यकिन तथ्यांक हामीसँग छैन,' बैंक स्रोतले बिजपाटीलाई बतायो ।

बेलायतमा गैर-कानूनी रूपमा चलिरहेको स्टुडेन्ट फी कलेक्सन सर्भिस एजेन्सीले विद्यार्थीले तिर्नुपर्ने फी भन्दा निकै धेरैको इन्भ्वाइस बनाएर नेपाल पठाउने गरेको छ । अनि विद्यार्थीलाई बैंकबाट पैसा हाल्न लगाइन्छ । विदेशी विनिमय ऐनका आधारमा नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार २ हजार ५ सय अमेरिकी डलरभन्दा बढी रकम विदेश लैजानु गैर-कानुनी क्रियाकलाप हो।

सिधै विद्यार्थीले एजेन्टलाई पैसा पठाउने भएपछि १५ प्रतिशत सरकारको राजश्व गुमेको छ भने २ प्रतिशत शिक्षा सेवा शुल्क पनि कलेजले तिर्ने गरेको छैन । 

बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः

ब्रिटिश कलेज : शक्तिका आडमा दुई नम्बरी धन्दा, बेलायत घुम्न पाएपछि शिक्षामन्त्री दङ्ग !

इस्लिङ्टनसहित ५ ‘अवैध’ कलेजमाथि कारवाहीको सिफारिस, यस्तो छ छानविन प्रतिवेदन

ब्रिटिश कलेजको ठगीकाण्ड : ३ वर्षे कोर्षलाई अवैध रूपमा ४ वर्षे बनाएर विद्यार्थीसँग पैसा असूल !

-सम्पादकीयः विदेशी सम्बन्धनका नाममा चलेका ‘छाडा’ शिक्षण संस्था सुधार्न तत्काल पहलकदमी आवश्यक

-इस्लिङ्टनले यसरी गर्छ सिंगापुर हुँदै बेलायतसम्म गैर–कानूनी आर्थिक कारोबार

-विदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममा

-किन सुनुवाई भएन विदेशी सम्बन्धन लिएका ‘अवैध’ कलेजमाथि कारबाहीको सिफारिस ?

-विदेशी सम्बन्धन प्राप्त ‘अवैध’ कलेज चोख्याउन शिक्षा मन्त्रालयको ‘नयाँ कर्तुत’

-विदेशी सम्बन्धन प्राप्त कलेजको अवैध धन्दा: पैसा बाहिर पठाउने, हुण्डीबाट आफैं ल्याउने खाने

-मन्त्रीलाई ‘शुभलाभ’ हुने गरी यसरी फेरिन्छ विदेशी सम्बन्धन प्राप्त कलेजका मापदण्ड

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved