ओएसिसले गर्यो मिस नेपाल वर्ल्ड जोशीलाई ब्राण्ड एम्बेसडर घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2022 | 06:21:43 PM मा प्रकाशित

laxmi  sunrise bank

ओएसिस  एजुकेशनले यस बर्ष मिस नेपाल वर्ल्डको  ताज जित्न सफल  प्रियंका रानी जोशीलाई आप्नो नयाँ विश्वव्यापी ब्राण्ड एम्बेडर  घोषणा गरेको छ ।

पत्रकारिताकी विद्यार्थी तथा बहुआयामिक मिस नेपाल प्रियङ्का आफ्नो सानो उमेरमा ठुलो सफलता हुनुका पछाडि शिक्षाकै हात रहेको बताउँछिन् । २०१२ देखि विद्यार्थीलाई उत्तम परामर्श तथा विसा प्रोसेसिङ गर्दै आएको कम्पनीसँग आबद्ध हुँदा उत्साहित भएको उनको भनाइ छ ।

ओएसिसका संचालक कुशल के. सी.  मिस नेपालका माधयमबाट ओएसिसका साझेदार शिक्षण संस्थाहरुले  उपलब्ध गराउने गुणस्तरिय र किफायति सेवा सुविधाबाट लाभ ठाउन सक्ने धेरै भन्दा धेरै विद्यार्थीमा जानकारी पुर्याउन सहयोग हुने विश्वास गरे । उनी भन्छन्, 'हामि प्रियकांलाई स्वागत गर्न उत्साहित छौं । उनको कैलता र उदारताका गुण हाम्रो कार्यशैलीसँग मिल्ने हुनाले हाम्रो यो साझेदारी निक्कै फलदायी हुनेछ ।'

ओएसिस र हिडन ट्रेजरको लामो समय सम्बन्ध रहेको छ । यस अघि यस संस्थाको ब्राण्ड एम्बेसडरमा मिस नेपाल वर्ल्ड२०१८ श्रृखला खतिवडा रहेकी थिन ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved