एसईई परीक्षाको नतिजा १३ तरिकाबाट हेर्न सकिने ब्यबस्था (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 09:26:12 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा २०७८ को नतिजा प्रकाशन भएपछि १३ तरिकाले हेर्न सकिने ब्यबस्था गरेको छ । बोर्डले २०७८ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट , एसएमएस र आइभिआरबाट प्रकाशित गर्न स्वीकृत दिईएको जनाएको हो ।

बोर्डले एसएमस र आईभीआर अन्तर्गत ४ वटा संस्थालाई र वेबसाइट मार्फत ९ वटा संस्था मार्फत नारिजा हेर्न सक्ने ब्यबस्था गरेको हो। जस अनुसार जानकी टेक्नोलोजी प्रा.लि., इजी सर्भिस प्रा.लि., र आकाश टेक प्रा.लि.ले एसएमएस सेवा बाट नतिजा दिने छन् भने नेपाल टेलिकमले एसएमएस र आईभीआर दुवै मार्फत नतिजा दिने छ। 

नतिजा हेर्नको लागि जानकी टेक्नोलोजीको सर्ट कोड ३५००१, इजी सर्भिसको सर्ट कोड ३४९४९ , आकष्ण टेकको सर्ट कोड ३१००३ र नेपाल टेलिकमको सर्ट कोड १६०० रहेको छ। यी नम्बरमा आफ्नो सिम्बल नम्बर टाईप गरेर पठाएर नतिजा हेर्न सकिने छ । त्यस्तै टेलिकमले आईभीआर सेवा पनि दिने भएकोले १६०० मा कल गरेर त्यहाँ आउने निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने छ ।

वेबसाइट अन्तर्गत  परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको वेबसाइट www.neb.gov.np, स्प्यारो पे प्रा.लि.को वेबसाइट www.khalti.com,  नीमा एडुकेशन फाउण्डेशन प्रा.लि.को वेबसाइट www.neemaacademy.com,  कान्तिपुर पब्लिकेशन लि.को वेबसाइट www.ekantipur.com,  द कनेक्ट प्लस प्रा.लि.को वेबसाइट www.theconnectplus.com,  इडियु संजालको वेबसाइट www.see.edusanjal.com, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र  रिडर्स पोइन्ट प्रा.लि.को वेबसाइट  www.admissionnepal.com बाट पनि नतिजा हेर्न सकिने छ ।

बोर्डले यसै साताभित्र नतिजा प्रकाशन हुने जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved