विदेशी विश्वविद्यालयहरूबाट
सम्बन्धन प्राप्त कलेजहरूको कडाइका साथ नियमन गर्नुपर्छ भनेर आवाज उठाउने शिक्षा
मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेललाई जबर्जस्ती प्रमुख प्रशासकीय अधिकृत
बनाएर स्थानीय तहमा सरुवा गरिएको छ ।
पोखरेललाई गत
साउन १३ गते लुम्बिनी प्रदेशको भूमिकास्थान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत
बनाएर पठाइएको हो । उनी शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखामा उपसचिव पदमा कार्यरत थिए ।
स्रोतका
अनुसार थापाथलीस्थित द ब्रिटिश कलेजले बेलायतको लीड्स ब्याकेट र वेस्ट इंग्ल्याण्ड
विश्वविद्यालयमै नभएका दर्जन भन्दा बढी कार्यक्रम मन्त्रालयबाट जबर्जस्ती सदर गराउन
खोजेको र पोखरेल बाधक देखिएपछि मन्त्री देवेन्द्र पौडेलमार्फत उनलाई सरुवा गरिएको
हो ।
विदेशी सम्बन्धन
प्राप्त कलेजहरूको कलेज स्विचिङ, कार्यक्रम थपघट र नवीकरणका लागि गतसाल बनेको चार
सदस्यीय अनुगमन उपसमितिले शिक्षा मन्त्रालयलाई स्विचिङ र कार्यक्रम थपघटको सिफारिससहित
प्रतिवेदन पेश गरिसकेको छ । समितिले पेश गरेको उक्त सिफारिस प्रतिवेदन निर्देशिकासम्मत
नरहेको र कार्यान्वयन गर्न नसकिने पोखरेलले बताउँदै आएका थिए ।
'निर्देशिकामा
उल्लेखित मापदण्डविपरित समितिले कलेज स्विचिङ र कार्यक्रम थपघटका सिफारिस गरेको छ,'
मन्त्रालय स्रोतले बिजपाटीलाई भन्यो, 'मोटो रकम खर्च गरेर कलेजले आफूखुसी स्विचिङ
र कार्यक्रम थप गर्न लगाएको गाइगुइ मन्त्रालयमा चल्न थालेको छ ।'
मन्त्रालय
स्रोतका अनुसार ब्रिटिशलगायत अन्य कलेजहरूले कार्यक्रम थपका लागि मोटो रकम शिक्षामन्त्री
पौडेल र समितिका संयोजक डा. रामकृष्ण तिवारीलाई बुझाएका छन् । यसबारे मन्त्रालयका
कर्मचारीहरू औपचारिक रूपमा केही बोल्न मान्दैनन् । त्यही रकमको प्रभावले मन्त्रालयका
अन्य कर्मचारी पनि सरुवा हुन सक्ने भय मन्त्रालयमा व्याप्त छ ।
तर तिवारीले
भने सबैकुरा प्रकृयासंगत नै रहेको दाबी गरेका छन् । उनले बिजपाटीसँग भने, 'अनुगमन
अझै सकिएको छैन । कतिपय कुराहरू व्यवस्थित गर्नुपर्ने छ, हामीले त्यसको सिफारिस
गर्नुपर्ने छ । आर्थिक प्रलोभन भन्ने कुरा हल्ला मात्र हो ।'
सरुवाबारे पोखरेलले केही टिप्पणी नगर्ने जनाए । 'यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नियमित सरुवा हो । यसलाई अन्य विषयसँग जोड्नु ठीक हुँदैन,' पोखरेलले भने ।
बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः
- नेपालको शिक्षालाई दोष दिएर 'कमाउ धन्दा'मा लागेका ब्रिटिश कलेजहरूलाई कतिन्जेल सही मानिरहने ?
- विद्यार्थीलाई प्रयोग गरेर जबरजस्ती गैरकानूनी 'धन्दा' चलाउँछ ब्रिटिश कलेज
- ब्रिटिश कलेज : शक्तिका आडमा दुई नम्बरी धन्दा, बेलायत घुम्न पाएपछि शिक्षामन्त्री दङ्ग !
- ब्रिटिश कलेजको ठगीकाण्ड : ३ वर्षे कोर्षलाई अवैध रूपमा ४ वर्षे बनाएर विद्यार्थीसँग पैसा असूल !
-सम्पादकीयः विदेशी सम्बन्धनका नाममा चलेका ‘छाडा’ शिक्षण संस्था सुधार्न तत्काल पहलकदमी आवश्यक
-विदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममा
-किन सुनुवाई भएन विदेशी सम्बन्धन लिएका ‘अवैध’ कलेजमाथि कारबाहीको सिफारिस ?
-विदेशी सम्बन्धन प्राप्त ‘अवैध’ कलेज चोख्याउन शिक्षा मन्त्रालयको ‘नयाँ कर्तुत’
-विदेशी सम्बन्धन प्राप्त कलेजको अवैध धन्दा: पैसा बाहिर पठाउने, हुण्डीबाट आफैं ल्याउने खाने
-मन्त्रीलाई ‘शुभलाभ’ हुने गरी यसरी फेरिन्छ विदेशी सम्बन्धन प्राप्त कलेजका मापदण्ड