
काठमाडौँको मन्डिखाटारमा
संचालित ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेजले आफ्नै नामबाट
विद्यार्थीहरूलाई ३ र ४ वर्षे ब्याचलर सर्टिफिकेट बाँड्ने गरेको छ ।
'एसियामै स्विस कलेजको डिग्री' दिने पहिलो कलेज भएको दाबी गर्ने गेट कलेज कहिले अष्ट्रेलिया त कहिले स्विजरल्याण्डमा रहेका विश्वविद्यालयको नामबाट विद्यार्थीलाई मूर्ख गराइरहेको हो ।
गेटले सन्
२०२० को नोभेम्बरमा विद्यार्थीलाई बाँडेको सर्टिफिकेटमा 'गेट एसएचए' नामको कोर्स
सफलतापूर्वक सम्पन्न गरिएको भन्ने उल्लेख छ । गेट आफ्नै कलेजको नाम हो भने एसएचए
चाहिँ स्विस होटेल एसोसियसन हो ।
गेटले उक्त सर्टिफिकेटलाई नेपालको त्रिभुवन विश्वविद्यालयले ब्याचलरकै स्तरमा समकक्षता निर्धारण गरिदिने दाबीसमेत गरेको छ ।
बिजपाटीलाई
प्राप्त उक्त सर्टिफिकेट पाउने विद्यार्थीले आफूलाई गेटले मूर्ख बनाएको दाबी गरेका
छन् । 'लाखौँ खर्च गरेर पढियो । अनि संसारमा हुँदै नभएको त्यस्तो सर्टिफिकेट हातमा
थमाएर पठायो । अहिले उक्त सर्टिफिकेट कहीं देखाउन पनि लाज लाग्छ,' नाम उल्लेख
नगर्ने शर्तमा उनले भने ।
विद्यार्थीहरूको
हातहातमा नक्कली सर्टिफिकेट थमाएपछि गेटमाथि केही उजुरीहरू पनि परेका थिए । उजुरीकर्तालाई
मोटो रकम दिएर सामसुम पारिएको थियो । २ वर्ष अघि एसएचए नामको सर्टिफिकेट बाँड्ने
गरेको गेटमाथि कानूनी समस्या आएपछि त्यसको नाम परिवर्तन गरेर 'गेट-इएचएल' राख्न
थालेको छ ।
कलेजका
फ्रन्ट डेस्क अफिसर विक्रम तामाङले बिजपाटीसँग भने - 'पहिला हामीसँग एसएचए
सर्टिफिकेट थियो, अहिले इएचएल बनाएका छौं ।'
गेटको वेबसाइटमा
उल्लेख भएअनुसार इएचएल को अर्थ Ecole
hôtelière de Lausanne हो । नयाँ
नयाँ नामबाट विद्यार्थीलाई मूर्ख बनाउँदै करोडौं ठग्ने गेटको यस्तो हर्कतविरुद्ध
शिक्षा मन्त्रालयले कुनै कदम चालेको छैन ।
गेटले आफू सीटीईभीटी
र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनी दाबी गरेको छ । जबकी सीटीईभीटीले
गेटलाई कुनै मान्यता नदिएको एक कर्मचारीले बताए । 'हामीले गेटलाई होटेल म्यानेजमेन्ट
पढाउने मान्यता दिएका छैनौं,' सीटीईभीटीका एक कर्मचारीले भने ।
अझ अचम्मलाग्दो
विषय त के छ भने गेटका अधिकांश विद्यार्थीहरूले पाउने यस्तो प्रमाणपत्रलाई
त्रिभुवन विश्वविद्यालयले समक्षकता निर्धारण गरिदिने गरेको छ । त्रिभुवन विश्वविद्यालयका
कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर गेटले विद्यार्थीको शैक्षिक भविष्य डामाडोल
पार्ने गरेको हो ।
गेटका
सल्लाहकार बोर्डका अध्यक्ष डा. गणेश गुरुङ नेपाल सरकारको नीति तथा अनुसन्धान प्रतिष्ठानका
कार्यकारी अध्यक्षसमेत रहिसकेका व्यक्ति हुन् । उनी २०१९ को जुन देखि २०२० को
मार्चसम्म प्रतिष्ठानमा रहेका थिए ।
नीति तथा अनुसन्धान प्रतिष्ठान जस्तो जिम्मेवार प्राज्ञिक निकायको नेतृत्व गरेका गुरुङ प्रमुख सल्लाहकार रहेका गुरुङले सरकारका नियामक निकायहरूलाई प्रभावमा पारेर गेटमार्फत गैर-कानूनी धन्दा गर्ने गरेका हुन् ।
यसबारे गुरुङसँग प्रतिकृया लिन खोज्दा गेटका कर्मचारीले अहिले कुरा गर्न नमिल्ने र मोबाइल नम्बर पनि दिन नमिल्ने बताए ।
बिजपाटीले यससम्बन्धमा लेखेका अन्य समाचारहरू पढ्नुहोस् -
- शिक्षा मन्त्रालयको बदमासीले विदेशी सम्बन्धनप्राप्त कलेज छाडा भए - डा. कोइराला [अन्तर्वार्ता]
- नेपालको शिक्षालाई दोष दिएर 'कमाउ धन्दा'मा लागेका ब्रिटिश कलेजहरूलाई कतिन्जेल सही मानिरहने ?
- विद्यार्थीलाई प्रयोग गरेर जबरजस्ती गैरकानूनी 'धन्दा' चलाउँछ ब्रिटिश कलेज
- ब्रिटिश कलेज : शक्तिका आडमा दुई नम्बरी धन्दा, बेलायत घुम्न पाएपछि शिक्षामन्त्री दङ्ग !
- इस्लिङ्टनसहित ५ ‘अवैध’ कलेजमाथि कारवाहीको सिफारिस, यस्तो छ छानविन प्रतिवेदन
- ब्रिटिश कलेजको ठगीकाण्ड : ३ वर्षे कोर्षलाई अवैध रूपमा ४ वर्षे बनाएर विद्यार्थीसँग पैसा असूल !
-सम्पादकीयः विदेशी सम्बन्धनका नाममा चलेका ‘छाडा’ शिक्षण संस्था सुधार्न तत्काल पहलकदमी आवश्यक
-इस्लिङ्टनले यसरी गर्छ सिंगापुर हुँदै बेलायतसम्म गैर–कानूनी आर्थिक कारोबार
-विदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममा
-किन सुनुवाई भएन विदेशी सम्बन्धन लिएका ‘अवैध’ कलेजमाथि कारबाहीको सिफारिस ?
-विदेशी सम्बन्धन प्राप्त ‘अवैध’ कलेज चोख्याउन शिक्षा मन्त्रालयको ‘नयाँ कर्तुत’
-विदेशी सम्बन्धन प्राप्त कलेजको अवैध धन्दा: पैसा बाहिर पठाउने, हुण्डीबाट आफैं ल्याउने खाने
-मन्त्रीलाई ‘शुभलाभ’ हुने गरी यसरी फेरिन्छ विदेशी सम्बन्धन प्राप्त कलेजका मापदण्ड