बतास समुहले किन्यो मणिपाल कलेज र मणिपाल शिक्षण अस्पतालको स्वामित्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 08:42:45 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) को शेयर स्वामित्व किनबेच भएको छ । उक्त कम्पनीको सम्पूर्ण शेयर भारतीयको नाममा रहेकोमा भारतीय समुहले सम्पूर्ण शेयार बिक्रि गरेर बाहिरिएको हो ।

कम्पनीको सर्वाधिक शेयर मणिपाल एजुकेशन (मोरिसस) प्रालिसंग रहेको थियो । मणिपाल एजुकेशन (मोरिसस) प्रालिसंग भएको ५२ लाख २६ हजार ८ सय कित्ता शेयर र अन्य ४ जना लगानीकर्तासँग भएको १२ सय कित्ता शेयर गरि कुल ५२ लाख २८ हजार कित्ता शेयर बिक्रि भएको हो  । सबै शेयर नेपालको बापो होल्डिङ प्रालिले खरीद गरेको छ। यो कम्पनी ब्यवसायी आनन्द बतासको कम्पनी हो।  

यस संगै सन् १९९४ मा पोखरामा स्थापना भएको मणिपाल कलेज अफ मेडिकल साइन्स र  मणिपाल शिक्षण अस्पताल नेपाली लगानीकर्ताको हातमा आएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved