विदेशी सम्बन्धनवाला कलेजका समस्याबारे छलफल गर्दै मन्त्री पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 04:52:46 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षामन्त्री देवेन्द्र पौडेलले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरूको कानूनी र अन्य अवस्थाबारे छलफल गर्न जुटेका छन् ।  

बिहीवार नेपालका विश्वविद्यालयका उपकूलपतिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने आउने आइतवार उनले विदेशी सम्बन्धन लिएर नेपालमा कलेज चलाइरहेका संचालकहरूसँग भेट्ने कार्यक्रम रहेको छ ।

बिजपाटीले विदेशबाट सम्बन्धन लिएका कलेजहरूले गरेको बेथितिबारे निरन्तर समाचार प्रकाशित गरेपछि त्यही पढेर मन्त्री पौडेल छलफलको तयारी गर्न लागेका हुन् ।

विदेशी मुद्रा अपचलन, विद्यार्थीको शैक्षिक भविष्यको जोखिम, कानूनको कार्यान्वयन, शिक्षामा माफियाकरण जस्ता धेरै विषयहरू बिजपाटीले निरन्तर आवाज उठाइरहेको छ ।

'सञ्चारमाध्यमहरूले निरन्तर आवाज उठाउन थालेपछि के रहेछ भनेर मन्त्रीज्यू अलिकति सिरियस हुनुभएको छ,' मन्त्रीको सचिवालयले बिजपाटीलाई भन्यो । 

आर्थिक प्रलोभनको आडमा विदेशी सम्बन्धनवाला कलेजहरूले कानूनको गम्भीर उल्लङ्घन गर्ने गरेका छन् । विदेशमा हुँदै नभएको विश्वविद्यालयका नाममा सर्टिफिकेट बाँड्ने देखि होटेल एसोसियसनको सम्बन्धन भन्दै विद्यार्थी झुक्याउन सक्रिय कलेजहरू अहिले पनि निर्देशिकाअनुसार चलेका छैनन् ।

यो बेथितिमा कतिपय ठाउँमा मन्त्रीको पनि संलग्नता देखिएको छ । कानूनले सम्बन्धन दिनै नमिल्ने कतिपय संरचनालाई मन्त्रीको ठाडो तोकआदेशमा सम्बन्धन दिइने गरेको खुलासा बिजपाटीले गरिरहेको छ ।

'छलफल हुनु त राम्रो हो, तर नीति नियमको सही कार्यान्वयन हुनेमा भने ढुक्क हुन सकिन्न,' शिक्षा मन्त्रालयका एक पूर्व कर्मचारीले भने ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved