
 2mb (1).gif)
कक्षा १२ को रिजल्ट आइसकेपछि उच्च शिक्षाका
लागि पढ्न खोज्ने विद्यार्थीहरूलाई बल्छी थाप्न शिक्षालाई माफियाकरण गरिरहेका विदेशी
सम्बन्धन प्राप्त 'गैर-कानूनी' शिक्षण संस्थाहरूले विभिन्न हत्कण्डा अपनाइरहेका
छन् ।
विशेष गरेर विदेशी मुद्रा अपचलन र राजश्व
ठगी गरेर जसरी पनि पैसा कमाउन लागिपरेका यस्ता शिक्षण संस्थाहरूसँग न त गुणस्तरीय
कोर्स छ, न त यिनीहरूले पढाउने गरेको
पाठ्यक्रमको वैधता नै छ ।
उच्च शिक्षा संचालनसम्बन्धी निर्देशिका
२०५९ को मापदण्ड विपरित चलिरहेका यस्ता संस्थाहरूमा पढेका सयौं विद्यार्थीहरू थप
उच्च शिक्षाका लागि योग्य नभएका उदाहरणहरू बर्गेल्ती छन् ।
काठमाडौँमा आफ्नै १ रोपनी जग्गा
हुनुपर्ने निर्देशिकाको मापदण्डविपरित राजधानीको थापाथलीको एउटा फ्ल्याटमा संचालित
ब्रिटिश कलेजविरुद्ध राजश्व विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा
परेको छ ।
बेलायतमा फी उठाउने तेस्रो एजेन्ट
खडा गरेर ब्रिटिश कलेजले राष्ट्रबैंकमार्फत पाउण्ड सटही गरेर बेलायत पठाउने गर्छ ।
त्यति मात्र होइन, बेलायतको युनिभर्सिटीबाट ३ वर्षे कार्यक्रम
संचालनको अनुमति लिएर पनि ४ वर्षे कोर्ष चलाइरहेको छ । थपिएको एक वर्षको कोर्ष
नेपालमा गैर-कानूनी देखिन्छ । थपिएको एक वर्षको कोर्ष र उक्त कोर्षका लागि लिइने
रकमको समेत कुनै वैधता छैन ।
विद्यार्थीसँग महँगो रकम लिने गरेको
भएपनि ब्रिटिश कलेज विद्यार्थीको सुरक्षाप्रति कतिसम्म लापरवाह छ भन्ने कुरा २०७५
साल माघमा भएको एउटा घटनाले पुष्टि गर्छ ।
कलेजले २०७५ साल माघ २९ गते २६ जना विद्यार्थीलाई दुबई भ्रमणमा लागेको थियो । उक्त भ्रमणमा रहेका १९ वर्षीय गौरव श्रेष्ठको समुद्रमा डुबेर मृत्यु भयो । समुद्रमा पौडी खेल्न गएका श्रेष्ठलाई नलिई कलेजको गाडी होटेल पुगेको थियो । कलेजको लापरवाहीले गौरवको ज्यान गएको भन्दै त्यहाँको प्रहरीले प्रतिवेदन नै तयार पारेको थियो ।
त्यसपछि न त गौरवको शवलाई नेपाल
ल्याउन कलेजले सहयोग गर्यो, न त सहजै
क्षतिपूर्ति दिन तयार भयो । बरू विद्यार्थी आफैं डुबेको भन्दै कलेजले
गैर-जिम्मेवारीपूर्वक विज्ञप्ति निकाल्यो । पछि १० लाख क्षतिपूर्ति दिएर घटना
सामसुम पारियो ।
त्यतिबेला घटना अनुसन्धान गरिरहेको
महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले
श्रेष्ठको मृत्युमा कलेजले लापरबाही गरेजस्तो देखिएको बताएका थिए ।
उनले भनेका थिए, ‘श्रेष्ठको समुद्रमा डुबेर मृत्यु भएको देखिन्छ । पौडी
खेल्न गएका विद्यार्थीलाई कलेजले जति गार्जेनसिप दिनुपर्ने थियो, त्यस्तो गरेजस्तो देखिन्न । भ्रमणमा
लगेपछि विद्यार्थीको जिम्मेवारी सम्बन्धित कलेजले लिनुपर्छ , तर यो घटनामा कलेजले जति जिम्मेवारी लिनुपर्ने हो,
त्यति लिएजस्तो देखिँदैन ।’
ब्रिटिश कलेजले एकातिर न कानून
मानेको छ, न त विद्यार्थीको शैक्षिक भविष्य
सुनिश्चित गरेको छ, न त विद्यार्थीलाई कुनै सुरक्षा नै दिएको छ ।
ब्रिटिश कलेज चलाउने बाग्लुङका राजन
र महेन्द्र (कँडेल दाजुभाइ)ले बेलायतमा पनि गैर-कानूनी संस्था खोलेर विद्यार्थीको
भविष्य खेलवाड गरिरहेका थिए । अहिले बेलायत सरकारले उनीहरूको उक्त संस्था बन्द
गरिदिएको छ ।
तर नेपालमा भने उनीहरूले कानून आफ्नो हातमा लिएर खुल्लम खुला शिक्षालाई माफियाकरण गरिरहेका छन् । यसबारे शिक्षा मन्त्रालय मौन छ भने अख्तियार र राजश्व अनुसन्धान विभागले पनि छानबिन अघि बढाउन सकिरहेका छैनन् ।
भिडियो -